नेपाल बंगलादेश बैंकद्वारा सरकारलाई सहयोग «

नेपाल बंगलादेश बैंकद्वारा सरकारलाई सहयोग

नेपाल बंलादेश बैंकले विदेशी संस्थापक बंगलादेशको आईएफआईसीको बैंकसँग मिलेर संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत नेपाल सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग प्रदान गरेको छ । सो औषधि बंगलादेशका लागि नेपालका राजदूत बंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैंकको संस्थापक आईएफआईसीको सहयोगमा २८ गते मंगलबार हस्तान्तरण गरिएको थियो ।
साथै बंगलादेश सरकारले पनि थप ५ हजार भायल रेम्डेसिभिर औषधि सहयोग स्वरुप प्रदान गरिएको र उक्त औषधि बंगलादेशबाट नेपालका लागि पठाइसकेकोे छ । यसअघि पनि नेपाल बंगलादेश बैकले आफ्नो विदेशी संस्थापक बंगलादेशको आईएफआईसी र बंगलादेशको फर्मास्युटिकल कम्पनीसँग मिलेर ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्