सम्भावनाले भरिपूर्ण सुदूरपश्चिम «

सम्भावनाले भरिपूर्ण सुदूरपश्चिम

बालापनमा पञ्चेश्वर बहुउद्देयीय आयोजनाको काम सुरु भयो भन्ने हल्ला सुनेका अधिकासं व्यक्तिहरूको मृत्यु भइसक्यो, अधिकांश लौरोको साहाराले बाहिरभित्र गर्दछन् । तर, पञ्चेश्वर परियोजनाको काम भने अघि बढेन । ६२ वर्षअघि सुरु भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडी नबढ्दा यहाँका स्थानीयमा नैराश्यतानै नैराश्यता देखिन्छ ।

तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्र, हालको सुदूरपश्चिम प्रदेशका नामले परिचित छ । नेपालको केन्द्रीय राजनीतिमा पनि सुदूरपश्चिमले ठूलै महत्व राखेको छ । विगतदेखि वर्तमानसम्म भएका विभिन्न राजनीतिक परिवर्तनमा सुदूरपश्चिमको भूमिका अग्रस्थानमा छ । नेपालमा शिक्षाको ज्योती छर्न योगदान गर्ने जयपृथ्वी बहादुर सिंहदेखि वीर शहीद दशरथ चन्द, उपाध्याय ब्राह्मण भएर पनि दलित र किशानहरूका लागि सोषक र सामन्तीबिरुद्ध लड्ने क्रान्तिकारी किशान नेता शहीद भीमदत्त पन्त र एसियाकै पहिलो महिलामन्त्री द्वारीकादेवी ठकुरानी पनि यसै प्रदेशका थिए । जो यहाँको विकासका र समृद्धिका लागि केही गर्न चाहान्थे । तर उनीहरूको सपना अझैसम्म पनि साकार हुन सकेको छैन् ।
दशरथचन्द र भीमदत्त पन्तको त्यतिवेलाको क्रान्तिलाई पढ्नेमात्रै पनि हो भने आङनै सिरिंग हुन्छ । जसले सुदूरपश्चिम र देशकै समृद्धिका लागी बिगुल फुके । उनीहरूको चाहाना थियो सुदूरपश्चिम र सिंगो देशलाई समृद्ध बनाउने तर त्यो पुरा गर्न नपाउँदै उनलाई तत्कालीन शासक वर्गबाट क्रुर तरीकाले मारियो । यी त देखिएका पात्रमात्रै हुन् यी अलवा सुदूरपश्चिमका अन्य थुप्रै व्यक्तिहरूको यहाँको विकास र समृद्धिका लागि रगत बगाए, आफ्नो जिवन बली चढाए ।
यी वीर शहीद तथा हस्तीहरूका कारण सुदूरपश्चिमको राजनीतिक विकास त भयो, तर अन्य विकासमा भने यहाँका स्थानीयको चित्त बुझिएको छैन । उनीहरूले देखाएको बाटोमा यहाँका पछिल्ला हस्तीहरू हिड्न नसकेको आभास भइरहन्छ स्थानीयमा । सुदूरपश्चिम प्रदेशले आठ पटक त सिङ्गै देशको नेतृत्व गरिसकेको छ । तर हातमा लाग्यो शुल्य भनेजस्तै अन्य प्रदेशको भन्दा अवस्था अझै दयनीय नै छ । सुदूरपश्चिमको बैतडीबाट लोकेन्द्रबहादुर चन्द र डडेल्धुराबाट शेरबहादुर देउवाले चार-चार पटक देशको नेतृत्व अर्थात प्रधानमत्री पद पनि नपाएका होइनन् । तर अवस्था अझै जिउका–तिउ छ । केही गर्छु भन्ने सोचका व्यक्तिहरूपनि उनिहरूसंगै केन्द्र र अन्य ठाउँमा पलायन भएर गए । गाउँमा हुर्केका उनिहरूले शहरमा घरघरेडी किन्ने, दुईचार शब्द बोल्ने र गाउँका उर्जाशीलय युवाहरूलाई पनि कार्यकर्ताको रूपमा आफ्नै पछि–पछि हिडाउने बाहेक त्यस्तो उदाहरणीय काम गर्न नसकको अनुभव सुनाउछन्, बैतडीको पुर्चाडीका पुराना नेता देबसिंह धामी । पछिल्लो सयममा पनि पूर्व प्रधानमन्त्रीद्वय चन्द र देउवा बाहेक सुदूरपश्चिम प्रदेशले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने थुप्रै नेताहरू जन्माएको छ । नेकपाका भीम रावल र लेखराज भट्ट, कांग्रेसका रमेस लेखक लगायतका नेताहरूले पनि केन्द्रिय राजनीतिमा प्रभाव राख्छन् । यहाँको विकासमा उनीहरूले पनि खासै केही गर्न नसकेको स्थानीयको गुनासो छ । तुलनात्मक रूपमा केही विकास गतिविधि त भए तर यहाँका सामान्य समस्या पनि अझै ज्यूका–त्यूँ छन् ।

आशामै सिमित पञ्चेश्वर र पश्चिम सेती

बालापनमा पञ्चेश्वर बहुउद्देयीय आयोजनाको काम सुरु भयो भन्ने हल्ला सुनेका अधिकासं व्यक्तिहरूको मृत्यु भइसक्यो, अधिकांश लौरोको साहाराले बाहिरभित्र गर्दछन् । तर, पञ्चेश्वर परियोजनाको काम भने अघि बढेन । ६२ वर्षअघि सुरु भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडी नबढ्दा यहाँका स्थानीयमा नैराश्यतानै नैराश्यता देखिन्छ । “पञ्चेश्वर परियोजना बन्ने ठाउका दुई नेता चार-चार पटक प्रधामन्त्री पनि भईसके तर अहँ पञ्चेश्वर बन्ने छाँटगाठ छैन् ।” प्रभावित क्षेत्रका स्थानीय दशरथ मंगोलाले भने । “हरेक निर्वाचनमा पञ्चेश्वरलाई भाषणमा ल्याउने नेताहरूको कुरा कसरी पत्याउनु” सन १९५६ देखि सुरुवात थालिएको आयोजनाको डिपिआरको ड्राफ्ट पनि २२ वर्ष अघि तयार भएएको थियो तर त्यसले पनि अन्तिम रूप लिन सकेको छैन । नेपाल र भारत दुई देशको सहमतीमा बन्ने भनिएको यो आयोजनामा भारतीय पक्षले चासो नदेखाउँदा गति लिन नसकेको बेला नेपाली पक्षको उदासीनताले काम लथालिङ्ग भएको छ । पञ्चेश्वर प्रभावित क्षेत्रका नागरिकलाई नयाँ घर बनाउन पनि अहिले अलमल हुन्छ । नयाँ घर बनाएर कतै पछि विस्तापित हुने पो हो कि भन्ने चिन्ता पनि छ उनिहरूमा । “हामीहरूको माग पञ्चेश्वर आयोजनाको काम छिटै सुरु भईदिए हुन्थ्यो भन्ने हो । हल्लै–हल्लामा एक पुस्तानै सकियो अर्को पुस्ताले पनि हल्लामात्रै सुन्नेहो भने त बरु बनाउदैन भन्दा हामीपनि ढुक्क हुन्थौँ” पञ्चेश्वर गाउँपालिकाका स्थानीय रमेस चन्दले भने । राजनीतिक फाइदाका लागि पञ्चेश्वरको नाम नबेच्न समेत उनिहरूको माग छ । यस्तै सुदूरपश्चिम प्रदेशको अर्को चर्चित आयोजनाको नाम हो पश्चिम सेती । पश्चिम सेती बनेर आर्थिक रूपमा सम्वृद्ध बन्ने सपना बोकेका तटिय क्षेत्रका बासिन्दाहरूको सपना अहिले सपनामै सिमित भएको छ । सेतीको पानी उनिहरूका लागि प्रत्येक बर्ष बर्षायाममा बाढी बनेर घर खेत बगाउने साधन मात्रै बनेको छ । आयोजना निर्माण हुने भन्दै राजनीतिको उच्च बृत्तमा रहेका ब्यक्तिहरूले पश्चिम सेतीका नाममा राजनीतिक फाइदा मात्रै उठाएको स्थानीयहरूको गुनासो छ । प्रधानमन्त्री भएका बेला बैतडीका लोकेन्द्र बहादुर चन्द देखि शेरबहादुर देउवासम्मले पश्चिम सेतीको सपना मात्रै देखाएर गएको स्थानीय दुखेसो सुनाउन् पञ्चायतकाल देखि राजनीतिमा सक्रिय रहेका ढुंगाडका बासिन्दा वीरबहादुर चन्द । सरकारले आयोजनालाई मुर्त रूप दिन सकेको छैन भने आयोजना बन्ने भन्दै सरकारले तटबन्ध समेत नगरेकाले सो क्षेत्रमा सेतीको वितण्डा जारी छ । स्थानीयलाई पटकपटक आयोजना निर्माणको सपना देखाइएको थियो । आयोजना बन्ने आसमा उनीहरूले वर्षौदेखि घरखेतको डुवान सहदै आएका छन । तर अहिले आयोजनाको कुरा ओझेलमा परेकाको छ । आयोजनाको अध्ययन पछि निर्माण प्रस्ताव गरिएको ३४ बर्ष भईसकेको छ । आयोजना बन्छ–बन्छ भनेर धेरै गफहरू दिईएको स्थानीयको भनाई छ । सन १९८१ मा पश्चिम सेतीलाई रन अफ रिभर अथवा विना जलासय निर्माण गरिने) आयोजनाको रूपमा पहिलो चोटी प्रस्ताव गरिएको थियो । त्यसपछि पटक–पटकको अध्यययन पछि सन १९९७ मा साढे सात सय मेगावाटको जलासययुक्त आयोजनाका लागि प्रस्ताव गरियो । तर त्यसपछि पनि आयोजनाले गती दिन नसक्दा स्थानीयलाई निरसा मात्रै बनाएको छ ।

 सुदूरपश्चिमको सम्भावना

सुदूरपश्चिम प्रदेश वास्तममै विभिन्न सम्भावनाले भरिपूर्ण प्रदेश हो । यहाँका हीमश्रङ्खा, जडिबुटी, धार्मिक एवं पर्यटकीय क्षेत्र, पुरातात्व्यिक सम्पदा र लोभ्यायमान संस्कृतीले यो प्रदेशको सम्भावनालाई जिवित राखेको छ । यहाँका नदी–नाला, पाखा–पखेरु, लेक–वेसी, वन–जंगलले र जिव जन्तुहरूले यो प्रदेशको सौन्दर्यतालाई अझै सिङ्गारेको छ । यस प्रदेशमा थुप्रै पवित्र धार्मिक क्षेत्रहरूपनि छन्, जसमा बैतडीमा पर्ने एसीयाकै गहीरो गुफा पातालभुमेश्वर, ग्वाल्लेक–केदार, रौलाकेदार सिगासधाम, शिवनाथधाम, जगन्नाथ, महारुद्र, ईश्वरीगंगाधाम, दोगडाकेदार, राताशीला, त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली, उदयदेव र नागार्जुन, दार्चुलाको मालीकार्जुन, लटीनाथ, गल्लाकेदार र हुनैनाथ, डडेल्धुराको उग्रतारा, भागेश्वर, घण्टेश्वर, डोटीघटाल, बेताल, शिखरधुरा र पर्शुराम यस्तै बझाङमा सुर्मादेबी, जल्फादेबी, मष्टा र दुर्गा लगायतका धार्मिक क्षेत्रहरू छन् । बाजुराको बडीमालिका अछामको बैजनाथ, बर्मादेवी, डोटीको शैलेश्वरी, केदार, लानाकेदारेश्वर, कञ्चनपुरको सिद्धनाथ, बैजनाथ र विष्णु मन्दिर, कैलालीको गोदावरी, वनदेवी, बेंहणा बाबा तथा नैनादेवी आदिले यहाँका पवित्र धार्मिक क्षेत्रहरू हुन् । यी पवित्र धार्मिक क्षेत्रको महत्व केवल यहाँका स्थानीयले मात्रै महसुस गरेका छन् । यदी यी पवित्र क्षेत्रको महत्वको बारेमा सबैलाई जानकारी दिन सक्नेहो भने यहाँको पर्यटकीय विकासमा पनि महत्वपुर्ण योगदान हुने देखिन्छ ।
धार्मिक पर्यटन मात्रै होइन यो प्रदेशमा हेर्न र धुम्न लायक थुपै्र पर्यटकीय स्थलहरू पनि विद्यमान छन् । जसमा खप्तड, बुढीनन्दा देवी, शुक्लाफाटा, सुर्मासरोबर ताल, महाभारत पर्वत, घनघश्यालेक, भेल्छडा, पाताल भुमेश्वर, रौलाकेदार, घोडाघोडी ताल, अजयमेरुकोट, अमरगढी किल्ला, आलीताल, बेतकोट, व्यास हिमाल, सैपाल हिमाल, बडीमालीका, मेलौली भगवती, उग्रतारा मन्दिर, टिकापुर पार्क, अपि हिमाल, रामारोशन क्षेत्र, दोधाराचादनी झोलुङ्गे पुल, लिङ्गा र कर्णाली पुल आदि पर्दछन ।
मोटरेवल पुलको आशा
भारतसँग सीमा जोडिएको झुलाघाट नाम चलेको पुरानो नाका हो । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल नहुँदा आवतजावत गर्न निकै समस्या हुने गरेको छ । प्रदेश ७ को मात्र नभई कर्णाली प्रदेशका पनि विभिन्न जिल्लाका नागरिक यो नाका भएर रोजगारीका लागि भारत जाने गरेका छन् ।
तर, झुलाघाटमा मोटरेबल पुल नहुँदा यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए । उनले भने, ‘भारतसँग सीमा जोडिएको झुलाघाटमा पक्की पुल निर्माणका लागि देशका सबै सरकारले आश्वासन मात्र दिए । तर, काम कसैले गरेनन् । देशमा समृद्धि ल्याउन मुखले भनेर मात्रै हुँदैन । त्यसका लागि काम गर्नु पनि आवश्यक छ ।’
‘झुलाघाटमा पक्की पुल बनाउने भनेर सबैजसो प्रधानमन्त्रीले भनिसकेका छन् । भारत भ्रमणको एजेन्डामा पनि नेपालको तर्फबट झुलाघाटसहित सीमामा पक्की पुलको कुराले चर्चा पाउने गरेको छ’, दशरथचन्द नगरपालिका बस्कोटका विनोदबहादुर चन्दले भने, ‘झुलाघाटमा पक्की पुल नभएकै कारण हामीले करोडौंको व्यापार घाटा व्यहोरिरहेका छौं ।’
करिब डेढ सय वर्षअघि इस्ट इन्डिया कम्पनीले नेपाल–भारत सीमानाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलंगे पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत यो नाकाबाट आवतजावत गर्नेहरू समस्यामा परेका छन् । यो झोलुंगे पुल मात्र नभई दुई देशको सम्बन्ध जोड्ने पुल भएको भारतीय पत्रकार प्रमोद भट्टले बताए । उनले भने, ‘झुलाघाट पुल नेपालको मात्र नभई भारतको पनि चासोको विषय हो । करिब डेढ सय वर्षअघि बनेको पुलको ठाउँमा पक्की पुल बनाउनुपर्छ । तर, पक्की पुल त टाढाको विषय भयो पुल जीर्णोद्धारका विषयमा समेत चासो दिइएको छैन ।’
झुलाघाटसम्म दुवै देशले पक्की सडक निर्माण गरे पनि मोटरेबल पुलका लागि तदारुकता नदेखाउँदा भारतको उत्तराखण्ड राज्यका नागरिकसमेत पीडित बनेको भारतको झुलाघाट व्यापार संघका अध्यक्ष सञ्जीव जोशीले बताए । उनले भने, ‘झुलाघाटमा पक्की पुल निर्माण नेपालीको मात्र नभई सीमावर्ती भारतीय नागरिकको पनि चाहना हो । यो पुल निर्माण भएपछि नेपालसँग मित्रता अझ प्रगाढ हुन्छ र उत्तराखण्डको नेपालसँगको व्यापार पनि बढ्छ ।’
झुलाघाट नाकामा पुल निर्माणका लागि ०५५ सालदेखि सर्वे मात्रै हुने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन् । सर्वेअनुसार भारत जोड्ने पुलको लम्बाई ९० मिटर छ । ०५६ सालमा पुलको डीपीआरसमेत बनेको थियो । उक्त डीपीआरअनुसार पुल निर्माणका लागि साढे ६ करोड लागत लाग्ने अनुमान गरिएको थियो । भारतसँगको सीमानाका झुलाघाटमा मोटरेबल पुल नहुँदा नेपालको प्रदेश सात र कर्णाली प्रदेशको आर्थिक क्षेत्रमा बाधा पुगेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताए । ‘प्रदेश ७ का पहाडी जिल्लामा धेरैजसो दैनिक उपभोग्य सामान झुलाघाट नाका भएर आउने गरेको छ तर पुल नहुँदा महँगो पर्छ ।’ उनले भने, ‘सीमानाका झुलाघाटमा पक्की पुल निर्माण भए यो क्षेत्रको आर्थिक समृद्धि हुन्छ ।’
प्रदेश ७ का प्रसिद्ध पर्यटकीय धार्मिक स्थलमा भारतको उत्तराखण्ड राज्यबाट हजारौं पर्यटक आउने गरे पनि पुल नहुँदा सास्ती खेप्नुपरेको उपाध्यक्ष भट्टले बताए । उनले भने, ‘प्रत्येक सरकारलाई पटक–पटक झुलाघाटमा महाकाली नदीमाथि मोटरेबल पुलको माग गर्न थालेको दशकौं बितिसक्यो, सबैले आश्वासन मात्र दिने गरेका छन् ।’ पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुँदा प्रदेश ७ का बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायत सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारतीय सहर जाने गर्छन् । सडक सुविधा पुगेको दुई दशक बित्दासमेत सुदूरपश्चिमको पहाडी नाका झुलाघाटमा मोटरेबल पक्की पुल नहँुदा बिरामीलाई बोकेर लैजानुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताए ।
नेताहरूको आश मरेको छैन
विभिन्न समयमा महत्वपुर्ण नेताहरूलाई जन्माएको सुदूरपश्चिमले उनीहरूबाट खासै केही नपाएपनि अझै आशा भने जीवित राखेका पाईन्छ । निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, नेताहरू भीम रावल, रमेश लेखक, लेखराज भट्ट, दामोदर भण्डारी लगायतमाथी उनिहरूको भरोसा पनि अझै जिवित भएको पाइन्छ । विगतका कामहरू खासै आशालाग्दा नभएपनि सुदूरपश्चिको विकासका लागि केही गर्छन भन्ने आशा पुरै परेको भने छैन स्थानीय बृद्ध मोहन मडैले भने ।

प्रतिक्रिया दिनुहोस्