६० प्रतिशत छायांकन सकेर ‘प्रेमगन्ज’ टिम काठमाडौंमा «

६० प्रतिशत छायांकन सकेर ‘प्रेमगन्ज’ टिम काठमाडौंमा

चर्चित नायिका सुरक्षापन्त र निर्देशक मनोज पण्डितको मुर्हूत सटबाट छायांकन सुरु गरेको चलचित्र प्रेमगन्जको छायांकन युनिट ग्रामीण क्षेत्रको छयांकन पूरा गरी काठमाडौँ फर्किएको छ ।

काभ्रेको कात्तिके देउरालीमा वैशाख ७ गतेदेखि २७ गतेसम्म चलचित्र छयांकन गरी सम्पूर्ण युनिट काठमाडांै फर्किएको हो । हालसम्म चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छयांकन कोरोना महामारीको प्रभाव कमभई निषेधाज्ञा हटेपश्चात काठमाडांैमा गरिने निर्माण टिमले जानकारी दिएको छ ।

विशुद्ध प्रेम कथामा आधारित यस चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, रश्मी भट्ट, नरेश पौडेल, रामबाबु रेग्मी, गीता अधिाकारी, पवन भट्टराई, संजोग रसााईली, गीत बिष्ट,राइडर प्रशन्त, सुप्रिया खनाल, सिम्रन खड्का, अन्चित ढुङ्गानालगायतका कलाकारको अभिनय छ । चलचित्र निर्माणमा कुनै कन्जुस्याइँ नगरी अत्याधुनिक प्रविधिहरूमार्फत चलचित्र खिचिएको छायाँकार सन्जय लामाले बताए ।

चलचित्रचौ तारिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका निर्माता राजु फुयाँल हुन भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ छन् । सम्पूर्ण टिमले अत्यन्तै मेहनतका साथकाम गरेको र यस चलचित्रले आमदर्शकलाई बेग्लै किसिमको अनुभूति दिलाउनेमा विश्वस्थ रहेको यस चलचित्रका निर्देशक परिच्छेद सेनले बताए ।

प्रतिक्रिया दिनुहोस्