Logo

धादिङका ९ सय संक्रमित, मेडिकल अक्सिजन अपर्याप्त

तस्वीर : मेडिकल अक्सिजन सिलिण्डर गाडीबाट आराल्दै

नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर धादिङ जिल्लाभर फैलिएको छ । १३ पालिका रहेको धादिङमा चार दिन अघिसम्म ९ वटा पालिकामा मात्र सीमित थियो । कोभिड–१९ को संक्रमण फैलिन नदिन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन प्रशासन कार्यालय धादिङले वैशाख २१ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
गत वर्षका कोभिड नियन्त्रणबाट सिकाइ हासिल गरेका जनप्रतिनिधि र कर्मचारीहरूलाई यस काम गर्न केही सजिलो भएको छ । तर, यस वर्षको समस्या गत वर्षभन्दा फरक किसिमको रहेको उनीहरू बताउँछन् । कोभिड–१९ पोजेटिभ भएका बिरामीहरूलाई प्रायः अक्सिजन नै चाहिने भएकाले अक्सिजन जुटाउन हम्मेहम्मे परेको छ । यति बेला बजारमा मेडिकल अक्सिजन सिलिण्डर अभाव छ । त्यसकारण पनि स्थानीय सरकारहरूलाई आफ्ना नागरिक कोभिड–१९ संक्रमणबाट टाढा राख्ने र संक्रमण भइहाले कसरी संक्रमणमुक्त बनाउने चिन्ता रहको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए ।
जिल्लाको संक्रमण दर हेर्ने हो भने डर लाग्दो तर व्यवस्थापन फितलो छ । अधिकांश संक्रमितहरू घरमै बस्नु भएकाछन् । तर, यहाँहरूलाई आवश्यक परिहाले मेडिकल अक्सिजन छैन । जिल्लामा संक्रमण दरअनुसार मेडिकल अक्सिजन सिलिण्डर अपर्याप्त छ । भएका सिलिण्डर भर्न पनि पालो पाउन कठिन भएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले बताए ।
जिल्लाभर अक्सिजन सिलिण्डर सानो ठुलो गरेर २ सय ६५, विद्युतिय अक्सिन्ट्रेटर ८ वटा रहेको छ । यसैगरी स्थानीय सरकारको स्वास्थ्य संस्था मार्फत सञ्चालन गरेको २२ वटा र संस्थागत ३५ वटा छ । हालसम्म जिल्लाभर २ सय ८० आइसोलेसन वडे तयार पारिएको छ । जिल्लाभित्र छ सय ४५ जना र जिल्ला बाहिर २ सय २३ जना सक्रिय संक्रमित रहेकाछन् भने ५७ जना संक्रमणमुक्त भईसकाछन् । कोभिड १९ संक्रमणको दोश्रो लहरबाट नीलकण्ठ नगरपालिकाका एक जना, सिद्धलेक गाउँपालिकाका एक जना र गजुरी गाउँपालिका दुई जना गरी ४ जनाले ज्यान गुमाई सकेका छन् ।

जिल्लाको हिमाली क्षेत्रमा रहेको रुवीभ्याली गाउँपालिकामा अक्सिजन सिलिण्डर १३ वटा, आइसोलेसन बेड ८ वटा छ भने सडक नपुगेका कारण एम्वुलेन्स सेवा छैन । जिल्लाभित्र यस गाउँपालिकाको संक्रमित संख्या ३६ र जिल्ला बाहिर एक छ । खनियावास गाउँपालिकामा अक्सिजन सिलिण्डर ७ वटा, आइसोलेसन बेड ५ वटा छ भने एम्बुलेन्स सेवा नभएका कारण भाडाको जीप तयारी अवस्थामा राखिएको छ । जिल्ला भित्र यस गाउँपालिकाको संक्रमित शुन्य र जिल्ला बाहिर चार छ । यसैगरी गंगाजमुना गाउँपालिकामा अक्सिजन सिलिण्डर १३ वटा, विद्युतीय अक्सिन्ट्रेटर दुइटा, आइसोलेसन बेड ५ वटा छ भने एम्बुलेन्स दुई सरकारीसहित ३ वटा रहेको छ । जिल्ला भित्र यस गाउँपालिकाको संक्रमित संख्या एक र जिल्ला बाहिर १६ रहेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकामा अक्सिजन सिलिण्डर पाँच वटा, विद्युतीय अक्सिन्ट्रक्टर तीन वटा, आइसोलेसन बेड १५ वटा छ भने एम्बुलेन्स दुइटा सरकारी रहेको छ । जिल्लाभित्र यस गाउँपालिकाको संक्रमित संख्या १४ र जिल्ला बाहिर १४ रहेको छ । यसैगरी नेत्रावती दवजोङ गाउँपालिकामा अक्सिजन सिलिण्डर ५ वटा, विधुतिय अक्सिन्ट्रेटर दुई वटा, आइसोलेसन बेड ५ वटा छ भने एम्वुलेन्स एक सरकारीसहित दुइटा रहेको छ । जिल्लाभित्र यस गाउँपालिकाको संक्रमित संख्या एक सय १८ र जिल्ला बाहिर १२ रहेको छ ।
जिल्ला सदरमुकाम समेत रहको नीलकण्ठ नगरपालिकामा अक्सिजन सिलिण्डर सात वटा, आइसोलेसन बेड ३० वटा छ भने एम्वुलेन्स ३ वटा सरकारीसहित ८ वटा रहेको छ । यस नगरपालिकाको संक्रमित संख्या दुई सय ३७ र जिल्ला बाहिर ४२ रहेको छ । जिल्लाकै अस्थायी कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर एक सय, एम्बुलेन्स एक वटा, आइसोलेसन बेड ५० वटा छ ।
अस्पतालका कर्मचारी सहित ८० जना संक्रिमत र स्वास्थ्य कर्यालयका एक जना रहेकाछन् । यसैगरी ज्वालामुखी गाउँपालिकामा अक्सिजन सिलिण्डर १० वटा, आइसोलेसन बेड पाँच वटा छ भने एम्वुलेन्स दुइटा सरकारीसहित तीन वटा रहेको छ । जिल्लाभित्र यस गाउँपालिकाको संक्रमित संख्या एक र जिल्ला बाहिर २० रहेको छ । सिद्धलेक गाउँपालिकामा अक्सिजन सिलिण्डर पाँच वटा, आइसोलेसन बेड १५ वटा रहेको छ भने एम्वुलेन्स दुइटा छ । जिल्ला भित्र यस गाउँपालिकामा संक्रमित संख्या एक र जिल्ला बाहिर १३ रहेको छ । यसैगरी बेनीघाट रोराङ गाउँपालिकामा अक्सिजन सिलिण्डर १२ वटा, आइसोलेसन बेड २८ वटा छ भने एम्वुलेन्स एउटा सरकारीसहित १० वटा रहेको छ । जिल्ला भित्र यस गाउँपालिकामा संक्रमित संख्या १५ र जिल्ला बाहिर आठ छ । यसै गाउँपालिकाको मलेखुमा रहेको राजमार्ग अस्पतालमा अक्सिजन सिलिण्डर आठ वटा, आइसोलेसन बेड ४ वटा र एउटा एम्वुलेन्स रहेको छ । यसैगरी गजुरी गाउँपालिकामा अक्सिजन सिलिण्डर २१ वटा, विद्युतीय अक्सिन्ट्रेटर एउटा, आइसोलेसन बेड ३० वटा रहेको छ भने एम्वुलेन्स तीन वटा सरकारीसहित आठ वटा रहेको छ । जिल्ला भित्र यस गाउँपालिकाको संक्रमित संख्या २१ र जिल्ला बाहिर १५ रहेको छ । यसै गाउँपालिकाको मलेखुमा रहेको टिचिङ अस्पतालमा आइसोलेसन बेड १० वटा र अक्सिजन सिलिण्डर १२ वटा रहेको छ ।
यसैगरी गल्छी गाउँपालिकामा अक्सिजन सिलिण्डर १६ वटा, आइसोलेसन बेड ५० वटा रहेको छ भने एम्वुलेन्स एउटा सरकारी रहेको छ । जिल्ला भित्र यस गाउँपालिकाको संक्रमित संख्या ९३ र जिल्ला बाहिर सात रहेको छ । थाक्रे गाउँपालिकामा अक्सिजन सिलिण्डर १२ वटा, आइसोलेसन बेड १० वटा रहेको छ भने एम्वुलेन्स तीन वटा सरकारीसहित आठ वटा रहेको छ । जिल्ला भित्र यस गाउँपालिकाको संक्रमित संख्या १९ र जिल्ला बाहिर १८ रहेको छ । यसैगरी धुनिबेसी नगरपालिकामा अक्सिजन सिलिण्डर ६ वटा, आइसोलेसन बेड २० वटा रहेको छ भने एम्बुलेन्स तीन वटा सरकारीसहित आठ वटा रहेको छ । जिल्ला भित्र यस नगरपालिकामा संक्रमित संख्या आठ र जिल्ला बाहिर ३५ रहेको छ । पालिका नखुलेको संक्रमित १७ जना रहेको स्वास्थ्य कार्यालयकी उन्नति महर्जजनले बताइन् ।
स्थानीय तहको तयारी हेर्दा केही पालिकाहरूले मजभुत बनाएको देखिन्छ । केही पालिकाहरूमा शुरु गरिएको तर भौतिक पूर्वाधार र समाग्री अभावमा अलमलिएको जस्तो देखिन्छ । जिल्ला मेडिकल अक्सिजन अभाव टार्न क्रसर व्यावसायिकहरूको तर्फबाट ४७ सिलिण्डर र ह्वासीन सिमेन्ट कम्पनीले १५ सिलिण्डर जिल्ला अस्थायी कोभिड अस्पताललाई सिलिण्ड फिर्ता गर्ने गरी हस्तान्तरण गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस्