Logo

धुलिखेल नगरपालिकाले कर छुट गर्ने

धुलिखेल नगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ ।
कोभिड–१९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो वर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो । बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यवसायीहरूलाई व्यवसाय कर छुट दिन लागेका बताए । उनले होटल तथा पर्यटन व्यवसायले धुलिखेललाई महत्वपूर्ण योगदान दिएको भन्दै उनले आफूहरूले पनि व्यवसायीको समस्या बुझेर कर छुट दिने निर्णय गरेको बताए ।
धुलिखेल नगरपालिका क्षेत्रमा सामान्यदेखि विश्वस्तरीय होटलहरू सञ्चालनमा छन् । स्वच्छ वातावरण, हिमालको मनोरम दृश्य देख्न सकिने भएकाले सप्ताअन्तमा आराम गर्न जानेहरूको लागि धुलिखेल परिचित छ । धुलिखेल क्षेत्रका होटल व्यवसायले दिने सेवालाई पनि उत्कृष्ट मानिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्