पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु «

पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु


पाँचथरमा एक जना कोरोना संक्रमितिको मृत्यु भएको छ ।
पाँचथरको उत्तरी फालेलुङ गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएको हो ।
फालेलुङ गाँउपालिका वडा नं. २ का ६० बर्षिय पुरुसको गएराती पाँचथर अस्पतालमा मृत्यु भएको जिल्ला अस्पताल पाँचथरले जानकारी दिएको छ ।
कोभिड १९ डिस्टिक फोकन पर्सन तेज तुम्बापोका अनुसार राती दुइ बजे अस्पताल भर्ना भएका अधिकारीको रातीनै मृत्यु भएको हो ।अधिकारीको अवस्था जटिल भएपछि उनलाई पाँचथर अस्पताल ल्याइएको थियो ।
गत २४ गते अधिकारीको स्वाब संकलन गरी प्रदेश ल्याबमा स्वाप परीक्षण गरिएको थियो । २६ गते आएको रिपोर्टमा अधिकारीलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
पाँचथरमा बुधबार सम्ममा ६७ जना सकृय संक्रमित रहेका छन् । एक जना निको भएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्