Logo

महामारीमा पत्रकारको अक्सिजन अभियान

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले कोरोना महामारीमा आर्थिक रकम संकलन अभियान सुरु गरेको छ । अक्सिजनको अभावमा कुनै पनि गुल्मेलीले ज्यान गुमाउन नपरोस् भनी अक्सिजन सिलिण्डरको खरिदका लागि आर्थीक संकलन अभियान सुरु गरेको नेपाल पत्रकार जिल्ला शाखा गुल्मीले जनाएको छ ।
“अक्सिजन अभावमा ज्यान गुमाएका धेरै घटनाहरू आएपछि महासघंले जिल्लावासीलाई अक्सिजन अभावका कारण ज्यान गुमाउनुपर्ने समस्या समाधानका लागि अक्सिजन खरिदका लागि आर्थिक संकलन अभियान चलाएका छौं ।” नेपाल पत्रकार महासंघ जिल्ला शाखदा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले भने, “जिल्लामा रहेका १२ वटा स्थानीय तहका कुनै नागरिकहरूले अक्सिजन अभावका कारण ज्यान गुमाउनपर्ने स्थिति नआओस् भन्ने नै हाम्रो प्रमुख उद्धेश्य हो ।”
वैशाख २५ गतेबाट सुरु भएको पत्रकार महासघंको अभियानमा अहिलेसम्म झण्डै १५ लाख रकम संकलन भइसकेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका उपाध्यक्ष रेशम कुँवरले जानकारी दिए । “हामीले सुरु गरेको अभियानमा हामी सफल हुन्छौँ ।” उपाध्यक्ष कुँवरले भने, “अक्सिजन अभावमा कुनै नागरिक मर्नुपर्दैन ।” आर्थिक रकम सहयोग सकंलन अभियान अहिले पनि जारी रहेको छ । सूचना दिने र समाचार लेख्ने मात्र नभएर नागरिकको सुरक्षाका लागि पनि पत्रकार अगाडी बढ्नुका साथै सम्पूर्ण स्वाथ्यकर्मी र सरोकारवालाहरूसँग हातेमालो गरेर अगाडी बढ्न आवश्यक रहेको नेपाल पत्रकार महासघं जिल्ला शाखा गुल्मीले बनाएको छ ।
संकलन भएको रकममध्ये ५ लाख रुपैयाँ २० वटा अक्सिजन सिलिण्डर खरिदका लागि पठाइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिव प्रेम सुनारले जानकारी दिए । उक्त अक्सिजन सिलिण्डर आवश्यकताको आधारमा गुल्मी अस्पताललाई १० थान उपलब्ध गराउने र बाँकी १० थान जिल्ला कोभिड १९ सकंट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई प्रदान गर्ने निर्णय भएको छ ।
महासघंले सुरु गरेको यो अभियानमा देश तथा विदेशमा रहेका नेपालीहरूले सहयोग गरिरहेका छन् । विपदको समयमा सबै एकजुट हुनुपर्छ भन्ने सन्देशका साथ रोजगारीका क्रममा विदेशमा रहेका, स्वदेशमा रहेका व्यक्ति विभिन्न सघं संस्थाले सहयोग गरिरहेका छन् । महासघंले यस अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
यो अभियान कोरोना सक्रंमण साम्य नहुन्जेल जारी रहने भएको छ । सहयोग सकंलनका लागि जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरूले सामाजिक सञ्जाल फेसबुक मार्फत अभियान संचालन गरिरहेका छन् । सहयोग गर्नेप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले धन्यवाद दिदै महामारीविरुद्ध सबै एकजुट हुन आग्रह गरेको छ । अक्सिजन खरिदका लागि आर्थीक संकलन अभियानमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्याल, उपाध्यक्ष रेशम कुँवर, सचिव प्रेम सुनार, पूर्वअध्यक्ष जर्नादन घिमिरे, पूर्वसचिव तारा भुसाललगायत जिल्लाका क्रियाशील पत्रकारहरू जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्