Logo

चन्द्रागिरि नगरपालिका जेष्ठ १ देखि ७ गते सम्म सिल

विश्वभरि फैलिदै गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को महामारी संक्रमण, रोकथाम र
नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको सभाकक्षमा मिति २०७८/०१/२९ गते नगर प्रमुखज्यूको अध्यक्षतामा नगर कार्यक्षेत्र भित्रका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अस्पतालका प्रतिनिधि तथा सशस्त्र प्रहरी बल नेपालका प्रमुखज्यूहरु, राष्ट्रिय अनुसन्धान विभाग, ट्राफिक प्रहरी र चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि, विषयगत समितिका संयोजकहरु, स्वास्थ्य चौकीका प्रमुखहरु एवं नगरपालिकाका कर्मचारीहरु सहित बसेको वैठकले मिति २०७८/०२/०१ गते विहान ६ बजे देखि मिति २०७८/०२/०७ गते विहान ५ बजे सम्मका लागि घर बाहिर हिंडडुल गर्न पुर्णरुपमा रोक लगाउने निर्णय गरेको छ। साथै के खुल्न हुने र नहुने, के गर्न हुने र नहुने कुराहरु पनि नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ।

  • औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिकाका वडा कार्यालय, नगरबाट संचालित योजनाहरु, सरकारी, गैर सरकारी, वैंक तथा वित्तीय संस्थाहरु, निजी सम्पूर्ण कार्यालयका सेवाहरु पुर्णरुपमा बन्द गरि चन्द्रागिरि नगरपालिकालाई सिल गर्ने ।
  • उल्लेखित कार्यमा सम्पूर्ण नगरवासीहरुको साथ र सहयोगको अपेक्षा गरिएको छ।
  • खानेपानी ढुवानीका साधन, दुग्ध उत्पादन र दूग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्ड (ट्यांकर चालकले पि.पि.ई सहित मास्क, स्यानीटाईजर, पंजा आदि) लगायतको पालना गरी संचालन गर्न ,दिने ।
  • उल्लेखित सिल अवधि अघिपछि र निषेधाज्ञाको समयावधि भर विश्वभरि फैलिदै गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ महामारीको संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट मिति २०७८/०१/२० गते जारी भएको आदेश वमोजिम कार्यान्वयन गर्ने ।
  • नेपाल सरकारबाट जारी सूचना अनुसार भेरोसिल खोपको दोस्रो मात्रा लगाउने कार्यमा पहिलो पटक खोप लगाएको खोप कार्ड भएको व्यक्ति मात्र खोप लगाउनका लागि तोकिएको खोपकेन्द्रसम्म आवतजावत गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्