गुगलमा सर्वाधिक खोजियो वल्र्डकप «

गुगलमा सर्वाधिक खोजियो वल्र्डकप

सन् २०१८मा गुगलको सर्च इन्जिनमा सर्वाधिक खोजिएको विषय वल्र्डकप रहेको पाइएको छ । गुगलले सर्वाधिक खोजी गरिएका इन्टरनेट शब्दावलीको सूची सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
यसैगरी फ्लोरेन्स नामको आँधी बुझाउने शब्द हुरिकन फ्लोरेन्स खोजिएको दोस्रो ठूलो शब्दावली हो । यो आँधी सेप्टेम्बरमा आएको थियो । गुगलको सर्च इन्जिनमा बेलायती राजकुमारसँग विवाह गर्ने मेघान मर्केल र अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट मनोनित हुने ब्रेट काभानफलाई पछि पारी सर्वाधिक १० खोजी शब्दावलीमा पप स्टार डेमि लोभाटो रहिन् ।
यसका अतिरिक्त सर्वाधिक खोजीको सूचीमा मतदान कसरी गर्ने (हाउ टु भोट) र बिटक्वाइन के हो (ह्वाट इज बिटक्वाइन) पनि बढी खोजिएको छ । गुगलले आफ्नो सर्च इन्जिनको प्रयोग गरी इन्टरनेटमा खोज्ने शब्दावलीहरूको अध्ययन गरी त्यसबारे एक सूची बर्सेनि सार्वजनिक गर्ने गरेको छ । इन्टरनेटमा मानिस, शिर्षक, समारोह र स्थान जस्ता विषयको खोजी वर्षभरि विश्वभर गर्ने गरिएको छ । गुगलले आफ्नो सर्च इन्जिनमा खोजी गरिएकाहरूको सार्वजनिक गरेको सूची अनुसार सबैभन्दा बढी खोजी गरिएको समाचारमा सर्वाधिक १० को शीर्षमा वल्र्डकप रहेको छ भने १०औं स्थानमा अमेरिकाको सरकार बन्द (गभर्नर्मेन्ट सटडाउन) रहेको छ ।


सर्वाधिक खोजिएका शब्द

१. वल्र्डकप

२. हुरिकन फ्लोरेन्स

३. म्याकमिलर

४. केटस्पेड

५. एन्थोनी बर्डोन


६. ब्ल्याक प्यान्थर

७. मेगा मिलियन्स रिजल्टस

८. स्टान ली

९. डेमि लोभाटो

१०. इलेक्सन रिजल्टस

 सर्वाधिक खोजिएका व्यक्ति

१. डेमी लोभाटो

२. मेघान मर्केल

३. ब्रेट कभानफ

४. लोगन पाल

५. कार्दाशियान

६. मिनेम

७. अर्बान मियर

८. अरियाना ग्राण्डी

९. रिक रोस

१०. कार्डी बी

 सर्वाधिक खोजिएका समाचार

१. वल्र्डकप

२. हुरिकन फ्लोरेन्स

३. मेगा मिलियन्स

४. इलेक्सन रिजल्ट्स

५. हुरिकन माइकल

६. कभानफ कन्फर्मेसन

७. फ्लोरिडा सुटिङ

८. रोयल वेडिङ

९. ओलम्पिक मेडल काउन्ट

१०. गभर्नमेन्ट सटडाउन

 ‘हाउ टु’ खोजी गरिएका विषय

१. हाउ टु भोट

२. हाउ टु रजिस्टर भोट

३. हाउ टु प्ले मेगा मिलियन्स

४. हाउ टु बाइ रिप्पल

५. हाउ टु टर्न अफ अटोमेटिक अपडेट्स

६. हाउ टु गेट दी ओल्ड स्न्यापच्याट ब्याक

७. हाउ टु प्ले पावर बल

८. हाउ टु बाइ बिटक्वाइन

९. हाउ टु स्क्रिन रेकर्ड

१०. हाउ टु गेट बुगी डाउन इमोट

 ‘ह्वाट’ खोजी सूची

१. ह्वाट इज बिटक्वाइन

२. ह्वाट इज -याकेटियरिङ

३. ह्वाट इज डीएसीए

४. ह्वाट इज अ गभर्नमेन्ट सटडाउन

५. ह्वाट इज गुड फ्राइडे

६. ह्वाट इज प्रिन्स हयारिज लास्ट नेम

७. ह्वाट इज डक बोट

८. ह्वाट इज फोर्टनाइट

९. ह्वाट इज यानी लउरेल

१०. ह्वाट इज अ नेसनलिस्ट

 सर्वाधिक खोजिएका सिनेमा

१. ब्ल्याक प्यान्थर

२. इन्क्रेडिब्ल्स टु

३. डेडपुल टु

४. एभेन्जर्सः अफिनिटी वार

५. अ क्वाइट प्लेस

६. अ स्टार इज बर्न

७. बोहेमियान रापसोडी

८. भेनम

९. हेरेडेटरी

१०. द नन


सर्वाधिक खोजिएका गीत

१. बोहेमियान रापसोडी


२. दिस इज अमेरिका

३. बेबी शार्क

४.गड्ज प्लान

५. किलसट सिक्स इन माइ फिलिंग्ज

६. इलेक्ट्रिक स्लाइड

७. थ्यांक यु, नेक्स्ट

८. मो बाम्बा १० लुसिड ड्रिम्ज

 

प्रतिक्रिया दिनुहोस्