पाँच वस्तुको गुणस्तर मापदण्ड स्वीकृत «

पाँच वस्तुको गुणस्तर मापदण्ड स्वीकृत

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँच वटा वस्तुको गुणस्तर मापदण्ड स्वीकृत गरेको छ । उद्योगमन्त्री मातृका यादवको अध्यक्षतामा बिहीबार बसेको नेपाल गुणस्तर परिषद्को ९९औं बैठकले पाँच वटा वस्तुको गुणस्तर मापदण्ड गुणस्तर स्वीकृत गरेको हो ।
अग्र्यानिक ग्रीन कफी, मोटरसाइकलको हेल्मेट, पोलिप्रोपोलिन, हट डिप ग्यालभनाइजिङ अफ आइरन एण्ड स्टील र स्टील र स्टीलजन्य वस्तुको नेपाल गुणस्तर स्वीकृत भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पाँच वटा वस्तुको गुणस्तर मापदण्ड स्वीकृत भएको जानकारी दिए ।
दुई वर्षदेखि कफीको मापदण्ड बनाउन लागिरहेको भन्दै महानिर्देशक पुडासैनीले यसले नेपाली कफी निकासी प्रवद्र्धनमा सघाउ पु¥याउने धारणा राखे । मोटरसाइकल प्रयोगकर्ताका लागि हेल्मेटको गुणस्तर मापदण्ड बनाइएकोे प्रयोगकर्ताको सुरक्षामा सहयोग गर्ने विभागको भनाइ छ । बजारमा अहिले गुणस्तरहीन हेल्मेटको प्रयोगले दुर्घटनामा पर्दा मानवीय क्षति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्