सडक कालोपत्रेमा ढिलाइ «

सडक कालोपत्रेमा ढिलाइ


पूर्व–पश्चिम जोड्ने पध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको वसन्तपुर म्याङ्लुङ सडक खण्डमध्ये तेस्रो खण्ड कालोपत्रे निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम गर्न ढिलाइ गरेको छ । तेस्रो खण्डअन्र्तगत जिरिखिम्तीबगाले–म्याङ्लुङ सडक खण्ड ५ किलोमिटर अमरमा जानकी जेभीले निर्माणको जिम्मा लिएपछि काम गर्न नसकेको हो ।
जिल्ला सदरमुकामसँंगै जोडिएको जिरिखिम्तीबगाले–म्याङ्लुङ सडक खण्ड कालोपत्रे गर्ने जिम्मा लिएको अमर माँजानकी जेभी निर्माण कम्पनीले अहिले ५ किलोमिटरमध्ये २ किमिमात्र ट्रयाक ओपन गरेको छ । उक्त निर्माण व्यवसायीले यसअघि सडकमा रहेको पिचसमेत भत्काएर अलपत्र छोडेपछि वर्षा सुरु भएयता जिरिखिम्ती–म्याङ्लुङ सडक खण्डमा अहिले यातायात अवरुद्ध भएको छ । वसन्तपुर–म्याङ्लुङ सडक खण्डको पहिलो र दोस्रो खण्डको जिम्मा लिएका कम्पनीले सडक कालोपत्रे गर्न सुरु गरिसके पनि तेस्रो खण्डले अहिलेसम्म सडकको ट्रयाक खोल्ने कामसमेत गर्न नसक्दा यात्रुलाई समस्या भएको स्थानीय जीतबहादुर लिम्बुले बताए । अमर माँजानकी जेभी निर्माण कम्पनीले तिनजुरे कन्ट्रक्सनको करिब ५६ लाख रुपैयाँ बाँकी बक्यौदा नतिर्दा तिनजुरे कन्ट्रक्सनले २ वटा स्काइभेटर, एकवटा जेसीबी जफत गरेपछि निर्माण कार्यमा अवरोध भएको हो । अमर माजानकी निर्माण कम्पनीका प्रोपाइटरबीच आर्थिक कारोबारमा विवाद भएपछि सडक निर्माणकार्य लथालिंग भएको छ । यो सडक खण्ड २०७८ साल जेठसम्ममा कालोपत्रे गरिसक्ने निर्माण कम्पनीले सम्झौता गरे पनि करिब २० प्रतिशतमात्र काम हँुदा स्थानीयबासीलाई सास्ती भएको हो स्थानीय यामनाथ दाहालको भनाइ छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वसन्तपुर–म्याङ्लुङ खण्डअन्तर्गत जिल्लाको सदरमुकाम म्याङ्लुङ जोड्ने यो सडक दुई लेनको स्तरमा कालोपत्रे गर्नका लागि अर्थ मन्त्रालयबाट २ अर्ब ७ करोड रकम विनियोजन भएपछि खुसी भएका यहाँका नागरिक निर्माण व्यवसायीको यो गतिले निरास भएका छन् । कोरोनालगायतको कारणले काम गर्न समस्या भएको कम्पनीका कन्ट्रयाक मेनेजर दिनेश श्रेष्ठले बताए । वसन्तपुर म्याङ्लुङ सडक खण्डको पहिलो खण्ड कालिका भभेश्वर जेबी कन्ट्रक्सनले कालोपत्रे गर्ने काम सुरु गरेको छ भने दोस्रो खण्डको लशुने–जिरिखिम्तीबगाले सडक खण्ड १० दशमलव ५ किलोमिटर आशिष आश्रय जेभीनिर्माण सेवाले धमाधम सडक विस्तार गर्ने र बेस बिच्छ्याउने काम गरिरहेको छ । तर तेस्रो खण्ड भनिएको जिरिखिम्तीबगाले—म्याङलुङ ५ किलोमिटरको सडक खण्डको काम सुचारु हुन नसक्दा सवारी आवतजावतमा समस्या हुनुका साथै स्थानीयबासीलाई सास्ती भएको छ ।

प्रतिक्रिया दिनुहोस्