टीएमजे क्षेत्र सुनसान, पर्यटक व्यवसाय चौपट «

टीएमजे क्षेत्र सुनसान, पर्यटक व्यवसाय चौपट


पूर्वी पहाडी जिल्लाहरू तेह्रथुम, संखुुवासभा र ताप्लेजुङको सिमानामा पर्ने तिजजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्र परिचित पर्यटकीय गन्तव्य हो । लालीगुराँसको राजधानी रुपमा चिनिएको यस क्षेत्रमा रहेका होटल रेष्टुरेण्टहरू भरिभराउ हुनुपर्ने हो तर पूरै क्षेत्र सुनसान बनेको छ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ नयाँ भेटियन्ट बढेपछि महामारीको कारण यस क्षेत्र सुनसान बनेको हो ।
यो क्षेत्र समुद्री सतहदेखि २ हजार ८ सय २९ मिटरको उचाइमा रहेको छ । कोरोनाका कारण चो–लुङ पार्क, बसन्तपुर बजार, टुटेदेउराली पाथिभरा, तिनजुरे, चौकी मंगलबारे, सुकेपोखरी, पाँचपोखरीलगायतका डाँडाकाँडा र भौगोलिक सौन्दर्य हेर्न पर्यटकहरूको ठूलो घुइँचो लाग्ने स्थानहरू यतिबेला सुनसान बनेको छ ।
कोरोनाका कारण पर्यटक व्यवसायमा आर्थिक रूपमा समेत ठूलो असर गरेको स्थानीय हिमराज कटुवालले बताए । उनका अनुसार यो सिजन पर्यटकहरू उलेख्य मात्रामा भित्रिने भए पनि कोरोनाको कहरका कारण शुन्य बनेको छ । सिजनमा बसन्तपुरमा रहेकाहोटलहरूमा खचाखच भरिने मात्रनभई कोठा नपाएर नजिकेको सिधुवा, हिले सम्मपुग्नु पर्ने अवस्था हुन्थ्यो तर कोभिडका कारण यहाँका व्यापार व्यवसाय नै संकटमा पर्ने अबश्थामापुगेका छन । यस क्षेत्रमाविशेष गरी मङ्सिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि जेठसम्म लालीगुराँस हेर्न पर्यटक आउने गर्छन् ।
गत वर्ष कोरोना भाइरसका कारण थलिएको पर्यटन व्यवसाय फस्टाउन नपाई फेरि चौपट भएको लालीगुराँस नगरपालिकाका प्रमुख प्रंशासकीय अधिकृत निराजन श्रेष्ठको भनाइ छ । टिएमजे क्षेत्र पुगेपछि लालीगुराँसको संसारमा पुगेजस्तो अनुभूति हुने र वनैभरि रातै फुलेको लालीगुराँस सँगै यहाँ आउने पर्यटक रमाउने गर्छन् । यस वर्ष गुराँस कम फुले पनि पर्यटक आगमनमा बढ्दै थियो तर कोरोनाका कारण पर्यटकको संख्यामा शुन्य भएको लालीगुराँस नगरपालिका उपमेयर तिलापोख्रेल बताउनु हुन्छ । विराटनगर, धरान, इटहरी र काठमाडांैबाट समेत घुमफिर गर्न आउने गर्छन् । प्रायजसो आन्तरिक र बाह्यपर्यटक लालीगुराँस हेर्न, फोटो खिच्न र सहरबजारको भिडबाट केही समयलाई ‘फ्रेस’ हुन यहाँ आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्