Logo

धनकुटा उद्योग वाणिज्य संघको बजार अनुगमन


धनकुटा उद्योग वाणिज्य संघले धनकुटा नगरपालिका क्षेत्रमा अहिले निशेधाज्ञा लगाएको अवस्थामा धनकुटा बजारमा दैनिक उपभोग्य समाग्रीहरूको अवस्था, मूल्य, व्यापार व्यवसायको स्थिति लगायतका अवस्था बुझ्न बजार अनुगमन गर्न सुरु गरेको छ ।
उपभोक्ताहरूको जनगुनासो बढ्न थालेकोले भन्दै धनकुटा बजारमा धनकुटा उद्योग वाणिज्य संघले अनुगमन गर्दै निशेधाज्ञाको अहिलेको अवस्थामा अत्यवाश्यक तथा दैनिक उपभोग्य सामग्रीहरूको मौजाद, सप्लाई, मूल्य र बिक्री वितरणको अवस्थाको बुझ्न अनुगमन गरेको हो । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।
पसलहरूमा अनुगमन गर्दै अनिवार्य मास्क लगाई भौतिक दूरी कायम गरेर मात्र तोकिएको बिहान र साँझको समयमा मात्र व्यापार व्यावसाय गर्न सवै व्यावसायी तथा व्यापारीहरूलाई अनुरोध गरिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष राईले वताए ।

प्रतिक्रिया दिनुहोस्