तङ इल मोदो संघको पहिलो अनलाइन बोन प्रतियोगिता सम्पन्न «

तङ इल मोदो संघको पहिलो अनलाइन बोन प्रतियोगिता सम्पन्न

तङ इल मोदो संघ नेपालको आयोजनमा पहिलो पटक अनलाइन बोन(काता) प्रतियोगिता–२०२१ सम्पन भएको छ । कोरोनाको महामारीको कारणले विश्वभरि नैभौतिक रूपमा खेलकुद गतिविधि गर्न असम्भव जसै भइरहेको र खेलाडीहरूमा निराशा पैदा भएको अवस्थामा खेलाडीहरूमा नयाँ ऊर्जा र उत्साहजगाउन प्रतियोगिताको आयोजना गरिएको तङ इल मोदो संघका महासचिव विष्णु गिरीले बताए । प्रतियोगिता अप्रिल ७ देखि मे ७ ,२०२१ सम्म एक महिना लगाएर तीन चरणमा प्रतिस्पर्धा भएको थियोे । पहिलो चरणमा देशभरिबाट छनोट भएर आएका ३५ जना खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियोे जसबाट २० जना खेलाडी सेमिफाइनलमा प्रवेश गरेका थिए र सेमिफाइनलबाट प्रतिस्पर्धा भएर फाइनलमा १२ जना खेलाडी प्रवेश गरेका उपाध्यक्ष् ाप्रकाश श्रेष्ठले बताए ।
प्रतियोगितामा फाइनलमा प्रवेश गर्नेहरूबाट ब्ल्याक बेल्ट पुरुष एकल बोन (काता) समूहमा विश्वजित गुरुङ (इलाम) ले स्वर्ण, तीर्थ चौधरी (कैलाली)ले रजत, धीरज चौधरीले (कैलाली) कास्य र सरोज सुब्बा (झापा) ले कास्य पदक जित्न सफल भए । यस्तै कलर बेल्ट पुरुष एकल कातातर्फ प्रथम राई (झापा) ले स्वर्ण, सुजन श्रेष्ठ (झापा) ले रजत, सागर साही (कैलाली) ले कास्य र पर्बत तोलाङ्गी (झापा) ले कास्यपदकजित्न सफल भए ।
त्यस्तैगरी कलर बेल्ट महिला एकल कातातर्फ निर्जलन चौधरी (कैलाली) ले स्वर्ण, रितु चौधरी ( कैलाली ) रजत, बिपना बिष्ट (कैलाली) कास्य र करुना बिष्ट ( कैलाली) ले कास्य पदक जित्न सफल भए तथा टिम कातातर्फ झापाको टिम प्रथम भएर बिश्वजित गुरुङ, सुजन श्रेष्ठ र पर्बत तोलाङ्गीले स्वर्ण पदक, टिम चितवन दोस्रो भएर श्यामकुमार बाचे, बादल थापा मगर र सुसान गुरुङले रजत पदक र टिम कैलाली तेस्रो भएर सागर साही, रितु चौधरी र निर्जलन चौधरीले कास्यपदक जित्न सफल भएका थिए ।

अनलाइन बोन (काता) प्रतियोगिता–२०२१ को भर्चुअल पुरस्कार समारोहमा राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट विशिष्ट ब्यक्तिहरू अनलाइन सहभागीभई विजय खेलाडीहरूलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए । तङ इल मोदो संघका अध्यक्ष सन्तोषकुमार पौडेले अध्यक्षतामा भएको समारोहमा, राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्यश्रीमती इन्दिरा निरौला, तङ इल मोदो अन्तर्राष्ट्रिय अध्यक्ष ग्रेन्ड मास्टर ताकामित्सु होशिको,अन्तर्राष्ट्रिय महासचिव डा. भेनस जिअगस्तिन एसिया महादेशका अध्यक्ष मास्टर बर्नाडिनो जिभिलागान्ते मास्टर क्लेरान्स म्वाकिओ इनगाल्वा, अन्तर्राष्ट्रिय प्राध्यापक रिचेल जालिपा, विश्वशान्ति तथा एकीकृत परिवार संघका अध्यक्ष प्रकाशबाबु थापा लगायतको सहभागिता थियो ।
पदक विजेता खेलाडीहरूको नामजर्ज दीपेन्द्र ठाकुरले घोषणा गरेका थिए भने कार्यक्रममा समग्र प्रतियोगिताको भिडियो र प्रतिवेदन केन्द्रीय सदस्य दिपक बास्तोला प्रस्तुत गरेका थिए । भर्चुअल पुरस्कार समारोहमा सहभागी अतिथिहरूले आ–आफ्नो तर्फबाट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा बधाई तथा पदक विजेता खेलाडीहरूलाई दिँदै कोभिडको महामारिमा पनि अनलाइनको माध्यमबाट प्रतियोगिता आयोजना गरेर खेलकुदलाई गतिशील बनाएकोमा आभार ब्यक्त गरेका थिए । समापन कार्यक्रमको सञ्चालन उपाध्यक्ष प्रकाश श्रेष्ठले गरेका थिए । तङ इल मोदो संघ राष्ट्रय खेलकुद परिषद्मा १२८ औ नम्बर दर्ता भएको खेल हो ।

प्रतिक्रिया दिनुहोस्