बहराईन राजकुमारको टोलीद्धारा सगरमाथाको आरोहण «

बहराईन राजकुमारको टोलीद्धारा सगरमाथाको आरोहण


बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासको समूहले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।
मंगलबार विहान ६ः४०मा राजकुमार सहितको टोलीले विश्वको सर्वाेच्च शिखरको (८,८४८.८६ मिटर) आरोहण गरेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले बताईन् । राजकुमारको टोलीमा उनी सहित १२ जना र २६ जना नेपाली रहेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जनाकारी दिए । टोली बेस क्याम्पमा फिर्ता हुने क्रममा रहेको शेर्पाले बताए । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासको समूह जारी सिजनमा सगरमाथा आरोहणको लागि अनुमति प्राप्त टोली हो ।
आरोहणको लागि सेभेन समिट ट्रेक्सको व्यावस्थापन राजकुमारले यस अघि खुम्बु क्षेत्रमा पर्ने लोबुचे( ६,११९ मिटर) र गोर्खाको मनास्लु ( ८,१६३) हिमालको गतवर्ष सफल आरोहण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्