प्राइम लाइफ इन्स्योरेन्सको नाफा २२.८६ करोड «

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २२.८६ करोड

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७ करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बिमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन २ करोड २३ लाख रूपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ३३.२१ प्रतिशतले बढाएर ८६ करोड ८७ लाख रुपैयाँ पु¥याएको छ । अघिल्लो वर्ष यस्तो आय ६५ करोड २२ लाख रूपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको दाबी भुक्तानी ७७.८१ प्रतिशतले बढेर ८० करोड ६९ रूपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी ४५ करोड ३८ करोड रूपैयाँमा सीमित थियो । समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ८.८० प्रतिशत बढेर ३९ करोड २८ लाख रूपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ३६ करोड १० लाख रूपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले जीवन बिमा कोषको आकार बढाएर १४ अर्ब ३६ लाख रुपैयाँ पु¥याएको छ । अघिल्लो वर्ष यस्तो कोषको १० अर्ब ६६ करोड रूपैयाँमा सीमित थियो । अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ५ करोड रूपैयाँको जगेडा तथा कोषको आकार घटेर ६२ करोड ५२ लाख रूपैयाँमा झरेको छ । त्यस्तै महाविपत्ति जगेडाको आकार १३ करोड १६ लाख रूपैयाँबाट बढेर १४ करोड ७६ लाख रूपैयाँको बनेको छ ।
तेस्रो त्रैमासमा कम्पनीको नाफा २४.८७ प्रतिशतले बढेर २२ करोड ८६ लाख रूपैयाँ भएको छ । गत वर्ष यही अवधिमा कम्पनीको नाफा १८ करोड ३० लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल कायम बिमालेखको संख्या २ लाख ३८ हजार ८३१ रहेको छ । गत वर्ष यही अवधिमा यो संख्या ३ लाख ३४ हजार ६२४ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्