सिटिजनलाइफको व्यवसायमा छलाङ «

सिटिजनलाइफको व्यवसायमा छलाङ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को तेश्रो त्रैमासिक (चैत्रमसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार व्यवसाय वृद्धिसँगै जीवन बिमा कोष बलियो बनाउँदै १३८ प्रतिशतले वृद्धि गरेको छ । गतवर्षको चैत्र मसान्तमा कम्पनीको जीवन बिमा कोष एक अर्ब २६ करोड ४९ लाख रूपैयाँ रहेकोमा यस चैत्र मसान्तमा सो रकम ३ अर्ब एक करोड ११ लाख पुगेको छ ।
यसका साथै कम्पनीले गत वर्षको चैत्र मसान्तसम्ममा कुल बिमा शुल्क एक अर्ब १८ करोड ५३ रूपैयाँ संकलन गरेकोमा यस वर्षको सोही अवधिमा २ अर्ब ४८ करोड ७४ लाख रूपैयाँ संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बिमा शुल्क आर्जन ११० प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा जीवन बिमा कोषमा १३८ प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ५० करोड ८ लाखबाट ६४ प्रतिशतले बढाएर ८३ करोड २० लाखको उचाइमा पु¥याएको छ । कम्पनीले लगानी र बिमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५५ प्रतिशतको वृद्धि गरी ३७ करोड २ लाख रूपैयाँ पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्