Logo

‘यामाहा रे जेडआर १२५ एफआई’ले जित्यो ‘स्कुटर अफ द इयर’ अवार्ड

नेपालकै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको टु–ह्वील ब्रान्ड यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युलइन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो । यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’ भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले दावी गरेको छ ।
यसका साथै यसमा‘स्टप एन्ट स्टार्ट सिस्टम’, ‘साइड स्ट्यान्ड इन्जिन कटअफ स्विच’ जस्ता एक्सक्ल्युसिभफिचरहरू छन् । साथै यसको कर्बवेट ९९ किलोग्राम मात्र रहेको छ र यसमाएफआई प्रविधि र बीएस६ इन्जिन रहेका भन्दै कम्पनीले रेजेडआर १२५ एफआईमा‘वाई’ आकारको एलईडी लाइट, नयाँ ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘क्वायट स्टार्ट अप’कालागि स्मार्ट मोटर जेनेरेटर र ‘युनिफाइड ब्रेकिङ सिस्टम’ रहेको पनि जनायो ।
भारत विश्वकै सबैभन्दा ठूलो टु–ह्वीलर बजार हो । भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड जितेर यामाहा रेजेडआर १२५ एफआईले आफूलाई विश्वकै सर्वोत्कृष्ट स्कुटर भएको सावित गरेको तथा यो अवार्डले भारतमा यो स्कुटरलाई भारतमानिकै रुचाइएको सन्देश पनि दिएको कम्पनीको भनाइ छ । नेपालमा पनि यामाहा रेजेडआर १२५ एफआईलाई ग्राहकले निकै रुचाएको कम्पनीको दावी छ ।
‘यामाहा रेजेड आरले भारतकै प्रतिष्ठित अवार्ड जितेकोमाहामीनिकै खुसी छौं । हामीलाई विश्वास थियो यो स्कुटर अभुतपूर्व छ । स्कुटर अफ द इयर अवर्डाले यसलाई अन्तर्राष्ट्रिय सम्मानदिलाएको छ । हामीयसमागौरवान्वित छौं,’ स्कुटर अफ द इयर अवार्ड जितेपछि एमएडब्लु–यामाहाका सीईओ चिरञ्जीवी शाहले भने ।

प्रतिक्रिया दिनुहोस्