Logo

अर्घाखाँची कांग्रेसले पार्टी कार्यालय आइसोलेसनका लागि दिने

नेपाली कांग्रेस अर्घाखाँचीले जिल्ला पार्टी कार्यालयलाई कोभिड उपचार तथा आइसोलेसन कक्षको रुपमा प्रयोग गर्न दिने प्रतिबद्धता जनाएको छ ।
सभापति विष्णु मुस्कानले प्रेस विज्ञप्ति जारी गर्दै ‘नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ ले नेपाल र नेपाली जनतालाई आक्रान्त पारेको बेला पर्याप्त समय हुँदाँहुदै पनि अस्पतालको बन्दोवस्त नगर्नु, पर्याप्त अक्सिजन, आइसियु बेड, भेन्टिलेटर बेड सहितको औषधिको व्यवस्थापन नमिलाएको आरोप लगाउँदै संस्थागत भ्रष्टाचारमा सरकार लिप्त भएको’ बताएका छन् । स्थानीय सरकारले कोभिड नियन्त्रण एवम् रोकथामको लागि चालेका कदमप्रति धन्यवाद दिँदै कांग्रेस अर्घाखाँचीले यतिखेर विकास निर्माणका कामलाई थाँती राखी स्थानीय तहको सम्पूर्ण संयन्त्र यो विपत्तिलाई नियन्त्रण गर्नका लागि दत्तचित्त भएर लागिपर्नु आजको आवश्यक्ता रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्