एसईई र कक्षा १२ को परीक्षा स्थगित «

एसईई र कक्षा १२ को परीक्षा स्थगित


कोभिड–१९ संक्रमणदर उच्च बिन्दुमा गइरहेका बेला कक्षा १० र १२ को निर्धारित परीक्षा रद्द गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले असहज परिस्थितिका कारण सरकारको वैशाख १३ गतेको निर्णयले तय गरेको परीक्षा रद्द गरेको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बोर्ड बैठकको निर्णयअनुसार जेठ १३ गतेदेखि सञ्चालन गरिने माध्यमिक शिक्षा परीक्षा (एसइई) र जेठ २६ गतेदेखि सञ्चालन गरिने कक्षा १२ का वार्षिक परीक्षाहरू बोर्डबाट अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका सबै प्रदेश/शाखा कार्यालयहरू र सबै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई सोहीबमोजिम गराउन सूचित समेत गरिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाएका छन् । साथै, उनले सबै विद्यार्थीहरुलाई आफ्नो अध्ययनलाई जारी राख्न समेत अनुरोध गरका छन् ।

प्रतिक्रिया दिनुहोस्