२७ अंकले बढ्यो नेप्से «

२७ अंकले बढ्यो नेप्से


सानो राजनीतिक घटना र हल्लाले समेत प्रभावित हुने नेपाली सेयर बजारमा सोमबार भने सकारात्मक असर देखिएको छ । केही दिनदेखि ओरोलो लागिरहेको बजार सोमबार दोहोरो अंकले बढेको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.४१ अंकले उकालो लागेर २६४५.८४ अंकमा पुगेको छ । नेप्से वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । यसदिन २१८ कम्पनीका ७५ लाख ७९ हजार कित्ता सेयर ४ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्से १० अंकले घटेपनि ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सोमबार नेप्सेसँगै समूहगत परिसूचकहरु पनि उकालो लागेका छन् । यसदिन बैंकिङ ३.६१, व्यापार १९.६१, होटल्स एण्ड टुरिजम ११.४६, विकास बैंक १८.०८, जलविद्युत १५.९८, फाइनान्स १०.२३ अंकले बढेको छ । यसैगरी निर्जीवन बिमा ३४६.०३, उत्पादन १३३.६४, अन्य ७९.५५, लघुवित्त ५०.१८, जीवन बिमा १३७.८२, म्युचुअल फण्ड ०.०५ र लगानी समूह १ अंकले बढेको छ ।
सोमबार राष्ट्रिय बीमा कम्पनी, समता घरेलु माइक्रोफाइनान्स, रुरु जलविद्युत, गुह्ेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, लिवर्टी इनर्जिलगायतका कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । यसैगरी विशाल बजार कम्पनी, जोशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स, सिंगटी हाइड्रोपावरका लगानीकर्ताहरुले गुमाएका छन् ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बिमा कम्पनी, माथिल्लो तामाकोसी, महिला लघुवित्तलगायतका कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्