सिटिजन लाइफको जीवन बिमा कोषमा १३८%ले वृद्धि «

सिटिजन लाइफको जीवन बिमा कोषमा १३८%ले वृद्धि

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासिक (चैत मसान्त)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बिमाकोष बलियो बनाउँदै १३८ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको चैत मसान्तमा कम्पनीको जीवन बिमा कोष १ अर्ब २६ करोड ४९ लाख रहेकोमा यस चैत मसान्तमा सो रकम ३ अर्ब १ करोड ११ लाख रूपैयाँ पुगेको छ ।
यसका साथै कम्पनीले गत वर्षको चैत मसान्तसम्ममा कुल बिमाशुल्क १ अर्ब १८ करोड ५३ संकलन गरेकोमा यस वर्षको सोही अवधिमा २ अर्ब ४८ करोड ७४ लाख संकलन गर्न सफल भएको छ । समीक्षा अवधिमा जीवन बिमा कोषमा १३८ प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ५० करोड ८ लाखबाट ६४ प्रतिशतले बढाएर ८३ करोड २० लाख पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्