महामारीमा पोखराका ७ वटा रोटरी क्लब जीवन बनाउने अभियानमा
कोभिड—१९ (कोरोना) को दोस्रो लहर थप जटिल बन्दै आएसँगै पोखराका ७ वटा रोटरी क्लबहरू एक हुँदै जीवन बनाउने अभियानमा जुटेका छन् । गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसन, मणिपाल शिक्षण अस्पतालको समेत सहकार्यमा पोखराका ७ वटा रोटरी क्लबहरू मानव जीवन बनाउने अभियानमा जुटेको कार्यक्रम संयोजक मिनु कुंवर श्रेष्ठले बताइन् ।
कोरोनाको महामारीमा हामीले पनि केही न केही गर्नुपर्छ भनेर आफूहरू एकीकृत भई सामूहिक अभियानका साथ बजारमा अक्सिजन ग्यास सिलिण्डर संकलनदेखि व्यवस्थापन, मणिपालमा कोभिड उपचार सेन्टर लगायतको कार्यमा जुटेको संयोजक श्रेष्ठले बताइन् ।
कार्यक्रम संयोजक मिनु कुँवर श्रेष्ठको अध्यक्षतामा आइतबार पोखरामा बसेको बैठकले पोखरामा अक्सिजन ग्यासको अभावमा कसैले जीवन बिताउन नपरोस भन्दै आफूहरूले अक्सिजन बैंक (जीवन आशा) स्थापना गरी काम गर्न सुरु गरेको अक्सिजन ग्यास संकलन तथा व्यवस्थापन समितिका संयोजक अर्जुन खनालले बताए । विभिन्न व्यक्ति तथा कम्पनीहरूसँग रहेका अक्सिजन ग्यास सिलिण्डर आफूहरूले आजैदेखि पोखरा क्षेत्रमा संकलन गर्न थालेको उनले बताए । पछि फिर्ता गर्ने सर्तमा हाल अक्सिजन ग्यास सिलिण्डर संकलन गर्ने र अत्यावसेक पर्ने पोखरा क्षेत्रका कुनै पनि अस्पतालमा समेत आफूहरूले पुराउने गरी हाल अक्सिजन ग्यास सिलिण्डर संकलन तथा व्यवस्थापनमा आफूहरू जुटे्को खनालले बताए ।
उनले भने, “कोरोनाका गम्भीर बिरामीका लागि अत्यावसेक अक्सिजन ग्यास हाल सिलिण्डिरको अभावले कसैले पनि मृत्युवरण गर्न नपरोस भन्दै हामीले एउटा अभियान सुरु गरेका छौं यदि तपाईसंँग कुनै अक्सिजनको ग्यास सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बनाउने अभियानमा साथ दिनु सक्नुहुन्छ, हामी अपिल गर्न चहान्छौं ।” आपतकालीन अबस्थामा कसैले अनावश्य रुपमा अक्सिजन ग्यास सिलिण्डर भण्डारण नगर्न आग्रहसमेत गरिएको खनालले जनाए ।
सामाजिक उत्तरदाहित्वका लागि रोटरी अभियान, रोटरी जीवनको आशाअन्तर्गत संचालन गरिएको रोटरी मणिपाल कोभिड—सेन्टरसमेत संचालन गरिने भएको अक्सिजन ग्यास संकलन तथा व्यवस्थापन समितिका संयोजक एवं प्रचार संयोजकसमेत रहेका खनालले जनाए । मणिपाल शिक्षण अस्पतालको समेत समन्वयमा अस्पतालमा करिब एक सय शैयाको कोभिडसम्बन्धी सम्पूर्ण उपचार हुने भएको उनले बताए ।
पोखराका ७ वटा रोटरी क्लबहरू रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ लेकसाइड, रोटरी क्लब अफ न्युरोड, रोटरी क्लब अफ अन्नपूर्ण, रोटरी क्लब अफ फिस्टेल, रोटरी क्लब अफ मिट टाउन र रोटरी क्लब अफ पोखरा लेखनाथ उक्त अभियानमा जुटेका छन् । आइतबार बसेको बैठकले विभिन्न उपसमितिहरूसमेत गठन गरेको हो । अर्थ नियन्त्रण संयोजमा पशुपति शर्मा, अर्थ संकलन समिति संयोजकमा रमेश कोइराला, अक्सिजन ग्यास सिलिण्डर संकलन तथा व्याबस्थापन एवं प्रचार संयोजकमा अर्जुन खनाल, सहयोग सामग्री संकलन तथा वितरण संयोजकमा जितेन्द्र सिग्देल छन् । महामारीका बेला उक्त अभियानले थोरै भए पनि मलमपट्टीको काम गर्नेमा आफुहरू आशाबादी भएको अभियानका सल्लाहकार विश्वशंकर पालिखेले बताए ।