Logo

ओली र नेपाल–खनालबीचको छलफल निष्कर्षमा पुग्न सकेन

पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार आफ्ना विश्वास पात्रहरू महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न पठाएका थिए । पौडेल , नेम्वाङ र नेपालबीच सिंहदरबारमा छलफल भए पनि राजनीतिक विवादको समाधान निस्कन सकेन । बैठकमा पार्टी एकतालाई बलियो बनाएर लैजाने पुरानै कुरा दुवै पक्षबाट राखियो तर समाधान केही निकालिएन । बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपनेता नेम्वाङले पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्न भन्ने कुरा भएको तर देखिएका समस्यालाई टुंगोमा पु¥याउनका लागि ठोस आधारहरूका बारेमा फेरि छलफल गर्ने सहमति भएको बताए । आफूहरूलाई प्रधानमन्त्रीले नेता नेपालसँग छलफलका लागि पठाएको र प्रधानमन्त्रीको सन्देश राख्ने काम गरेको तथा नेता नेपालबाट आएका कुरालाई पनि प्रधानमन्त्री समक्ष पुराउने उनले बताए ।
उनले भने, “प्रधानमन्त्री र माधवकुमार नेपालबीच कुराकानी भएर, फोन सम्पर्क भएर तय भएको भेटघाट हो । प्रधानमन्त्रीजीले मलाई र विष्णु पौडेललाई माधव कमरेडसँग कुरा गर्न पठाउनुभएको हो । हामीले गम्भीरतापूर्वक अहिलेको पार्टीको समस्या र एकता सम्बन्धमा गम्भीर छलफल गर्याै । धेरै खुलस्त कुरा गरियो । पार्टी अध्यक्षज्यूको चिन्ता र सरोकारको कुराहरू उहाँ समक्ष राख्यौ । सम्पूर्ण पार्टी पंक्तिको चिन्ता र सरोकारका कुराहरू राख्यौ । उहाँले नि आफ्नो कुराहरू खुलस्त ढंगले हामीलाई सुनाउनुभयो । हामी ती कुराहरू पार्टी अध्यक्ष समक्ष पु¥याउँछौं । एउटा कुरा एकदमै सकारात्मक छ । त्यो भनेको पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्ने कुरामा विवाद छैन । तर, यसलाई देखिएका समस्याहरूलाई कसरी टुंगोमा पु¥याउने भन्ने हामी सबैको चिन्ता हो र कुराकानीमा पनि त्यो चिन्ता अभिव्यक्त भएको हामीले पायौं । यही सन्दर्भमा छलफल गरेर यसलाई भरसक चाँडो टुंगोमा पु¥याउने । यसलाई टुंगोमा पु¥याउनका लागि ठोस रुपमा के आधारहरू हुनसक्छ त्यसबारेमा सल्लाह गर्ने र फेरि पनि भेटघाट गरेर पार्टीलाई एकताबद्ध बनाउने भन्ने बारेमा हामीबीच कुराकानी भएको छ । फेरि भनेको तुरुन्तै आजै बेलुकी वा भोलि बिहान पनि बस्न सकिन्छ । जहाँसँग राजीनामाको कुरा छ, त्यो चर्चा हो । त्यस्तो हामीलाई लाग्दैन र हामीले यो प्रसंग पनि उठाएका थियौं उहाँले पनि थाहा पाएको जस्तो गर्नुभएन । त्यसैले यो सबै चर्चाको कुरा हो ।”
सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले आइतबार पार्टी भित्रकै असन्तुष्ट समूह नेपाल–खनाल पक्षसँग छलफल गर्न महासचिव पौडेल र उपनेता नेम्वाङलाई पठाएका थिए ।
यसैबीच अहिले नेता नेपालले आफ्ना पक्षका सांसदहरूसँग सिंहदरबारमा दुईपक्षीय, त्रिपक्षीय छलफल गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्