Logo

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल वार्डमा पनि कोरोनाका बिरामीको उपचार

अस्पतालमा हाल ९० वेडको आइसोलेसन




कोरोनाको दोस्रो लहर बढ्दै जादा पोखराका दुइटा सामुदायिक अस्पतालमा कोरोनाका बिरामी भरिएसंगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल वार्डमा समेत कोरोनाका बिरामीको उपचार हुने भएको छ । प्रतिष्ठानमा हाल कोरोनाका ५० बेडको आइसोलेसन कक्षमा कोरोनाका बिरामी भरिएसँगै सेवाग्राहीको माग अनुसार सोमबारदेखि मेडिकल वार्डमा थप ४० बेडको आइसुलेसन कक्ष स्थापना गरी कोरोेनाका बिरामीको उपचार गरीने तयारी भएको प्रतिष्ठानअन्तर्गत कोभिडका फोकल पर्सन डा. शरद बरालले बताए ।
कोरोनाका गम्भीर प्रकारका बिरामीहरू बढ्दै जादा प्रतिष्ठानमा मेडिकल वार्ड सञ्चालन गरेसँगै पुनः अर्थपेडिक लगायतका वार्डहरू खाली गर्दै जाने योजनामा रहेको उनले जनाए । प्रतिष्ठानमा हाल कोरोनाका करिब ९० प्रतिशत बिरामीलाई अक्सिजन लगायर उपचार गर्नु परेको फोकल पर्सन डा. बरालले बताए । प्रतिष्ठानमा थप १ सय ५० वेडसम्म विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । पोखरा महानगरपालिका, प्रदेश सरकार र संघिय सरकारबाट उक्त सेवा संचालनको लागि आवश्यक सहयोग गर्ने भएको फोकल पर्सन डा. बरालले बताए । २४ घण्टादेखि ३६ घण्टासम्म अक्सिजन लगायर कोरोनाका केही बिरामीलाई थप आराम हुन साथ होम आइसुलेसनको लागि रिफर गरिएको त कोही–कोहीलाई भने हप्ता दिनसम्म समेत राख्नुपर्ने अवस्था रहेको फोकल पर्सन डा. बरालले बताए ।
उनका अनुसार आपूर्ति महाशाखाबाट १ सय बेड अस्पतालमा आइसकेको अबस्था रहेको छ । विशेष गरी प्रसूति वार्डका लागि भनेर प्रतिष्ठानको परिसरमै हालै निर्माण भएको नयाँ भवनमा एक सय कोरोनाका बिरामीको उपचार गर्ने गरी तयारी गरे पनि खरिद ऐनले गर्दा टेण्डर प्रकयामा जादा ढिला हुने फोकल पर्सन डा. बरालले गुनासो गरे । हाल कोरोनाका गम्भिर प्रकारका बिरामीहरू अनिवार्य रूपमा अक्सिजन लगाउनुपर्ने बिरामीहरूको सङख्या बढी भएकोले जनशत्ति र इकुपमेन्ट आवश्यक भएको फोकल पर्सन डा. बरालले माग गरेका छन्। अस्पतालमा प्रायः निःशुल्क उपचार हुने गरेको छ अन्यथा निजी अस्पतालमा भर्ना हुँदा कोरोनाका गम्भिर बिरामीले दैनिक ५० हजारदेखि १ लाखसम्म शुल्क तिर्नु परेको स्थानियले गुनासो गरेका छन् ।
प्रदेश शंक्रामक तथा सरुवा रोग अस्पताल (पोखरा ३०, मोहोरिया) मा हाल ५० बेड अस्पतालमा ५५ जना कोरोनाका बिरामीको उपचार हुदै आएको प्र्रदेश शंक्रामक तथा सरुवा रोग अस्पताल पोखराका प्रमुख डा. विकास गौचनले बताए । कास्कीसहित प्रदेशका ११ जिल्लाको साथमा छिमेकी जिल्लाबाट समेत पोखरामा कोरोनाका बिरामीहरू आउन थालेकोले पोखरामा कोरोनाका बिरामीहरूलाई व्यबस्थापन गर्न निकै कठिन हुन थालेको उनले गुनासो गरे । कोरोना डेडिकेट संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा विगत १० महिनाअघि स्थापना गरे पनि हालसम्म उक्त अस्पतालबाट आइसियू र भेन्टिलेटरको सुविधा दक्ष कर्मचारीको अभावमा संचालनमा आउन नसकेको प्रमुख डा. गौचनले बताए । पोखरा सहित गण्डकी प्रदेशमा हिजोआज दैनिक जसो ८÷१० जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्