निफमा चलचित्र क्षेत्रमा महिला सहभागिता एवं अवसरबारे बहस «

निफमा चलचित्र क्षेत्रमा महिला सहभागिता एवं अवसरबारे बहस

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेस्रो दिन शनिबार चलचित्र उद्योगमा महिला सहभागिता र अवसर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जुममार्फत गरिएको सो कार्यक्रममा चलचित्र जगतका महिला हस्तीहरूसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए ।
कार्यक्रममा कलाकार करिश्मा मानन्धरले चलचित्र श्रेत्रमा महिला सहभागिता सन्तोष जनक रहेको तर विवेधपूर्ण छ । समान काम गर्न पुरुष कलाकारको तुलनामा महिला कलाकारले कम पारिश्रमिक पाउने गरेको बताएकी हुन् । समान कामको समान पारिश्रमिक हुनुपर्नेमा उनको जोड छ ।
यस्तै हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले चलचित्रमा महिला सहभागिताको कुरा गर्दा अहिले सुनौलो समय रहेको बताइन् । पहिलाको तुलनामा अहिले धेरै सहज छ, पहिले फिल्मि खेल्ने भई यो बिग्री भन्थे तर अहिले पढे लेखेको, जिम्मेवार महिलाहरूको सहभागिता छ । चलचित्रमा महिला सहभागिता टिकिराख्न चुनौती छ । तर, समय सन्दर्भ प्रविधिसँग परिचित भएमा अवसर पनि उत्तिकै रहेको उनी बताउँछिन । पितृसत्तात्मक सोचको उपज भएको र चलचित्रसँगै अरू क्षेत्रमा पनि यो समस्या रहेको उनको भनाइ छ । पृतिसत्तात्मक
सोही कार्यक्रममा छांयाकार, सम्पादक तथा चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणाले नेपाली चलचित्र जगतमा महिला प्राविधिकहरूको सहभागिता न्यून रहेको बताइन । एक÷दुइटा चलचित्रमा प्राविधिक काम गर्नेहरू पलायन हुँदै गएको अवस्था छ । क्यामेरा, सम्पादनमा सुुरुवाती कक्षा लिनेको उत्साह हुने तर पछि कलाकारिता निर्देशनतिर आकर्षण बढिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्