चलचित्र उद्योगमा रोजगारको अवसरबारे छलफल «

चलचित्र उद्योगमा रोजगारको अवसरबारे छलफल

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको दोस्रो दिन चलचित्र उद्योगले नेपालमा रोजगारको अवसर तथा सामाजिक रूपान्तरणबारे छलफल भएको छ ।
जुममार्फत गरिएको आयोजित छलफलमा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे चलचित्र जगतका हस्तीहरूसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा सरकारले बौद्धिक कपी राइटको संरक्षण गर्नुपर्ने बताउँदै यस क्षेत्रमा काम गर्नेहरूको उचित बिमाको व्यवस्था गर्ने आग्रह गरे । चलचित्रमार्फत रोजगारी एवं सामाजिक रूपान्तरण गर्ने मैलिक कथाहरूको सिर्जना गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको सिर्जना कसरी गर्ने, जनशक्तिको विकास कसरी गर्नेलगायत विषयमा गहन अध्ययन बिना सुरु भएको उद्योगले थोरै मात्रामा भए पनि चलचित्र जगतमा श्रमशक्ति स्थापित गर्ने सफल भएको बताए ।
डिजिटल उपकरण, प्रविधि, दक्ष जनशक्ति पनि नेपाली चलचित्र उद्योगले विकास गरेको र श्रमिकहरूको क्रमिक रुपमा विकास भएको उनले बताए ।
यसैबीच चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्र्मीहरूलाई दक्ष बनाउन एवं विश्व बजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई व्यावसायिक बनाउन जरुरी रहेको बताए । अध्यक्ष दाहाल भन्छन् राज्यले नै सिने योद्धाहरू तयार गर्ने पर्छ । चलचित्र निर्माणले मात्र रोजगारी सिर्जना गर्दैन तसर्थ सिनेमालाई पर्यटनसँग जोड्नुपर्छ र डिजिटल सिनेमाको अवधारणा अघि बढाउनुपर्छ ।
समाजमा सिनेमा संस्कृतिको विकास गर्न सिनेमाका बारेमा बहस गर्न पनि सिनेमामा नयाँ प्रविधि भित्र्याउने पूर्ण भन्सार छुट गर्नुपर्ने उनको भनाइ थियो । चलचित्र विकास बोर्डमा स्टोरी बैंकको अवधारण सुुरु भइसकेको र यो नीतिगत रूपमा पास भइसकेको तथा चलचित्रमा केही समय कथामा लगानी, केही समय, दक्ष प्राबिधिक जनशक्तिमा लगानी राज्यले लगानी गर्नपर्ने पनि उनको भनाइ छ ।
सेन्सरको झमेलालाई अब अनलाइनमार्फत पनि व्यवस्थित बनाइनुपर्ने तथा कर्पाेरेट हाउसहरूलाई चलचित्रमा आकर्शण गराउनु आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ ।
सोही अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठनका प्रतिनिधि डा. बिन्दा पाण्डेले चलचित्र क्षेत्रमा क्रियाशील संगठनहरूमार्फत नियम, कानुनहरू बाधा भएमा छलफलमार्फत समाधान गर्न आफू तयार रहेको बताए ।

श्रमीकहरूलाई परिचयपत्रदेखि करारपत्र प्रदान गराई राज्यसँग दर्ज गर्ने व्यवस्था मिलाउदै दस्वेजीकरण गराउन गराउदै अन्तर्राष्ट्रिय श्रम महासन्धिअनुसार नेपालमा कार्यान्वयन गर्न पर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले निफको यो बहस कार्यक्रम सारै नै अर्थपूर्ण रहेको र चलचित्र उद्योगको रुपान्तरणमा विशेष महत्व राख्ने बताए । स्वरोजगार, आत्मनिर्भर बनाउनमा चलचित्र उधोग पनि महत्वपूर्ण गन्तब्व रहेको भन्दै उनले सरकारको लक्ष्य अनुरुप वार्षिक ५ लाख युवालाई नयाँ रोजगारी सिर्जना गर्ने सहयोग हुने तथा बजेट निमार्णको पूर्वसन्ध्यामा गरिएको यो बहसले चलचित्र श्रेत्रमा बजेटिङमा सजिलो हुने बताए ।
कार्यक्रममा कलाकार बसुन्धारा भुषाल, सुरक्षा पन्त, सामाजिक सुरक्षा कोषका निर्देशक कमलमणि ज्ञवाली, अर्थविद् डा. विश्व पौडेल, पूर्वसचिव चन्द्र घिमिरेलगायतका ब्यक्तिहरूले धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्