पृथ्वीनारायण : दूरदर्शी अर्थशास्त्री «

पृथ्वीनारायण : दूरदर्शी अर्थशास्त्री

 

गोर्खाका राजा नरभूपाल शाहकी माहिली रानी कौशल्यावतीपट्टिका पाँच सन्तानमध्येका जेठा छोरा पृथ्वीनारायण शाहले वि.सं. १७७९ पुस २७ गते (इ.सं. ७ जनवरी १७२३) यो धर्तीको उज्यालो देखे । सातौँ महिनामै जन्मनुसँग निकै किंवदन्तीहरूलाई यदाकदा पढ्न पाइन्छ, बूढापाकाका मुखबाट गुन्जिन्छ । दरबारी वातावरणले बालापनलाई मलजल गर्दै लाँदा उनलाई दस वर्षभित्रै आवश्यक विद्या हासिल गर्ने अवसर दियो । पृथ्वीनारायणमा बगुन्द्रो रानीलाई बहुविवाह गर्ने विलासी स्वभावको इतिहास पनि छैन । दौँतरीसँग बहादुरी र वीरतालाई प्रदर्शन गर्ने शाहले २० वर्षकै उमेरमा पिताको देहावसानपश्चात् राजदण्ड सम्हालेर राज्य एकीकरणको दर्विलो राजत्व स्थायी रेखा कोरे ।
प्राचीन समयमा बनेका दरबार, मन्दिरले कैयाँै ठूला–साना भूकम्पसँग झुक्न चाहेनन् । सायदै पाँच–सात सय वर्ष पुराना भौतिक संरचना हामीले नसोचेका विनाशकारी सङ्कटमा डगमाएनन् । त्यो ज्ञान, त्यो भौतिक संरचना निर्माण गर्ने कला, शिल्प र ढाँचासँग आजको अत्याधुनिक पद्धति कमजोरै लाग्छ । एक त त्यो खुबी अर्को हाम्रो पुख्र्यौली विज्ञान कति सबल रहेछ, फेरि किन हामी त्यहाँबाट टाढियौँ । विज्ञान र वैज्ञानिक सोचमा हाम्रो देश त्यो समयमै कति सक्षम रहेछ, जतिखेर अङ्ग्रेज स्वार्थी सोच नै त्राहित्राहि भएको थियो । स्वाभिमानको उच्च रक्षा थियो— व्यक्तिगत स्वार्थ इतिहासमा जति थियो त्योभन्दा कम त सायद आज नहोला नै । फलतः ‘दिनभरि सुतेर बिताउने रात परेपछि बिस्कुन सुकाउने’ पश्चात्ताप पीडा नहोला भन्नेमा ढुक्क बन्ने स्थिति छैन । इतिहासको अपव्याख्या गरेर मपाइँत्व छाँट्दै गर्दा वीर पुरुषका रगतमा मुछिएको आधुनिक नेपाल निर्माण र राष्ट्रिय एकताको इतिहाससँग आज विखण्डनकारी सङ्कुचित विचारमा हामी मुछिएको पीडा छ । तसर्थ ‘पृथ्वीनारायण’ कुनै व्यक्तिगत निधि नभएर हाम्रा पुख्र्यौली धरोहर, अजेय इतिहास र प्रेरणाप्रद नेपाली एकताको गौरवमय नाम हो ।
इतिहासका कतिपय विषय समयान्तरसँगै भूmटा र अपाच्य बन्छन् र बन्दै जानेछन् पनि । आज हामीले सत्य भनेर कोरिएका नियम–कानुन भोलिको इतिहासका लागि अपाच्य बन्नु नौलो विषय पनि बन्न सक्ला । हिजो पृथ्वीनारायण शाहले नेपाली जनतालाई ‘चार जात छत्तीस वर्णको पूmलबारी’ भनेर दिएको अभिव्यक्तिमा जति प्रेम र एकता थियो त्यति आजका मागमा छ भैmँ पनि लाग्दैन ! भर्खरैको सशस्त्र द्वन्द्वले जनतालाई सैद्धान्तिक रूपमा कागजमै अड्काएर दिएका उपलब्धिसँग तोलेर, विभिन्न बहानामा खेलिएका निर्दोषका रगतका होली अनि मानवअधिकार उल्लङ्घनसँग जोडिएका तीता विषय बिर्संदै सिङ्गो राष्ट्रको अखण्डताका ऐतिहासिक व्यक्तित्व पृथ्वीनारायणलाई मूल्याङ्कन गर्न पूर्वाग्रह राख्नुसँग अहम्वाद गाँसिएभैmँ लाग्छ । भावी पुस्ताहरूले हामीलाई औँल्याएर यसो पनि भन्लान्– हाम्रा पुर्खाले सिङ्गो देशभन्दा साँघुरो सोचभित्रै लडाइँ गरे, हाम्रा लागि उज्ज्वल बाटो खन्नै सकेनन् । गफ छाँटे, काम गर्न सकेनन् । भ्रष्टाचारी बने तर मुलुकको गरिबीमा आँखा लगाएनन् । त्यहाँ न त जातको सवाल होला, न त सानो राज्यका बीच गर्ने झगडाको । सिङ्गो देशमा एकताले बाटो खोज्दै छ । संघीय संरचनात्मक अधिकार त हिजो त्यही समयमा पनि नभएको होइन रहेछ । उनका पालामा आ–आफ्नै स्थानीय संरचना र भाषा थिए । दबाबमूलक व्यवहारको सुनुवाइ पनि हुन्थ्यो । अब पनि त जनताले स्वाभिमानी समृद्ध देशमा स्वतन्त्र भई कर्मशील भएर जिउन चाहेका हुन् । पृथ्वीनारायणको त्यागसँग हिजो जे थियो त्यो इतिहास नेपाली मनबाट मेटिँदैन ।
विश्वको नक्सामा सानो नेपाललाई खोज्न लाग्दा सगरमाथाको चुम्बकीय शक्तिले ध्यान खिच्छ । एसियाको मुटु हो नेपाल, चाहे उत्तरमा हिमालको अजेय खम्बाबाटै शीतलता प्रवाह होस् या पहाडका हरियालीसँग तराईका फाँटले लुकामारी खेलून्– यहाँ अटुट प्राकृतिक चाञ्चल्य स्वभाव छ । मनसुनी हावामा रम्छ, भूपरिवेष्टित देशले चिनिन्छ, जलाशयको खानी, सौन्दर्यकी रानी, अन्नको भण्डार सबै नेपाली स्वाभिमानका स्वर्णाक्षरित नाम हुन् । हरेक विदेशी फिरन्ताले यहाँको प्राकृतिक चाञ्चल्यसँग थूक निल्दै अटुट प्रेमको गाँठो कस्छन् । बहुजातिका परम्परा, भेष र पर्वका एकताको श्रृङ्गारमा स्वर्गले आफ्नो स्वरूपलाई बिर्सन्छ । यहाँ कृत्रिमताविरोधी भाव छ, त्यसैले संसारको दौलत नेपालका लागि नगन्य बन्छ । आखिर कसैले त जोड्यो यो अमर हृदयस्पर्शी इतिहासलाई ! आज विश्व समुदायले इतिहासका यस्ता अमर नामलाई सलाम गर्दै छ भने यो गौरवसँग हामीले रमाउन पाउनु अवसर होइन र ! आज थुप्रै परिवर्तन भए, घटना घटे, समयसँग तीता–मीठा अनुभवले भरिएको थैली छँदै छ । राज्यले परिवर्तन पाउला तर इतिहासबाट सिकेर सम्मान गर्दै भविष्यको स्वप्ना तुन्न पनि जान्नुपर्छ ।
आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश पनि छ, किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ । २६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । उनका ‘प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ’ भन्ने भावसँग राष्ट्रिय एकता मुखर हुन्छ । उनका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ । घूस लिने र दिने दुवैलाई कठघारामा उभ्याइनु, जात विशेषले कर्म गर्न पाउने स्वतन्त्रता पाउनु, अदालतको पैसालाई दरबारमा हुल्न नचाहनु अनि जोगी, साधु, गरिबप्रतिको आदरभावले आशन पाउनुमा मानवता, स्वतन्त्रता, समानता र एकताको मधुर आवाज स्वतः गुन्जिन्छ ।
इतिहासकारले अर्थशास्त्रीको संज्ञा दिन कञ्जुस्याइँ नगरिएका व्यक्तित्व पृथ्वीनारायणमा कृषि विकासको सपनासँग गाँसिएको ‘राम्रो जमिनको घर सारेर खेती गर्नुपर्ने’ नीति थियो । उनमा आर्थिक समुन्नतिको दूरदर्शी आर्थिक नीति रहेछ । कति गर्विला विचार छन् उनका— स्वदेशी कपडा लगाउने सत्प्रेरणा र अङ्ग्रेजको कालो नीतिको चर्को विरोधी भावमा, राष्ट्रिय स्वाधीनतामा, जडीबुटी बेचेर पैसा साट्ने विषयमा, खानी सदुपयोग गर्नेजस्ता आत्मनिर्भरताका दूरदर्शीतासँग । त्यसो त परराष्ट्रनीतिको ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो’ भन्ने उद्गार कूटनीतिक सचेतताको दृष्टान्त हो, यसर्थ उहाँका गर्विला विचारहरूले आजका लागि अनुकरणीय, मननीय र व्यवहारमा प्रायोगिक बनाउन उत्तिकै सामथ्र्य राख्छन् । नैतिक आदर्शमा रहेर आर्थिक विकासको चुरो खोज्ने उनको नीतिमा दूरदर्शीपन थियो । सीमा सुरक्षाको खाँचोमा रहेर राज्य संरक्षणको बठ्याइँ प्रस्तुत गर्नु उनको खुबी हो । चतुरपनाको प्रखर भाव आज पनि कति सान्दर्भिक छ— किल्लालाई दह्रो बनाउने भावसँग, ‘जाइकटक नगर्नु झिकीकटक गर्नु’ भन्ने महावाणीसँग, ‘चीनको वादशाहसँग छाहा राख्नु दक्षिणको वादशाहसँग घाहा (घाउ) त राख्नु तर त्यो महाचतुर छ’ भन्ने उक्तिसँग । राज्य र सीमारक्षाका खातिर सैनिक मजबुतीका पाटामा उनको विचार आजका लागि कम प्रेरणाप्रद लाग्दैनन् । ‘सैनिकलाई नुनको पछि नलगाउनु, किनकि राजाको सार भनेको सिपाही र रैती हुन् ।’ यी विचारमा राज्यसेवाको भावना जागृत छन् । राष्ट्रनिर्माता सुन्दर, शान्त नेपालका जन्मदाता यस्ता महापुरुषको चोलाले वि.सं. १८३१ को माघे सङ्क्रान्तिका दिन ५२ वर्षको अल्पायुमै नेपाल आमाको काखलाई रित्यायो । यति छोटो आयु तर यत्रो सङ्घर्ष र इतिहास रचियो । कसैमाथि अन्याय भयो भने त्यो पनि पाच्य होइन । गलत कर्म र अमानवीय परिस्थिति कस्तो थियो। त्यो अनुसन्धेय पक्ष हो । तर, उनमा देखिएको जनप्रिय वचन, राज्य एकीकरणको महान् कर्ममा खोट लगाउनुको तुक नरहला । अमूल्य दिव्योपदेश तथा उपदेशले भरिएको पृथ्वीनारायणको वाणी शक्तिले राष्ट्रिय एकताको खम्बा गाड्दैमा बिदा माग्यो । हिजो जानी–नजानी मानिएका भए पनि यी युगपुरुषको यादमा हरेक सच्चा नेपालीले भावना बोधमा माथ झुकाउन जान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्