विमल खड्का र ध्रुव न्यौपानेको लोकगीत देव लक्ष्मी सार्वजनिक «

विमल खड्का र ध्रुव न्यौपानेको लोकगीत देव लक्ष्मी सार्वजनिक

गायक बिमल खड्का र ध्रुव न्यौपानेको वियोगान्त कथा बोकेको बास्तविक घटनामा आधारित लोकगीत देव लक्ष्मी डीएआर मुभिज एण्ड फिल्म्स ई प्रालिको अपिÞmसिल च्यानलमार्फत सार्वजनिक भएको छ ।
गायक विमल खड्का नेपाली सेनामा कार्यारत छन् । उनको खाली समयको साथी बनेको लोकगीत संगीतलाई उनी आफ्नो अर्को परिचय बनाउन चाहने बताएका छन् । यस गीतपछि निरन्तर अन्य गीतहरु पनि बजारमा ल्याउने तयारी रहेको पनि जनाए ।
लय शब्द ध्रुव न्यौपानेको रहेका गीतमा स्वर विमल खड्का र ध्रुव न्यौपाने दुवैको रहेको छ, साजन पराजुलीको निर्देशनमा बनेको भिडियोमा विमल खड्का स्वयंको अभिनय छ र मोडल सपना खड्काले साथ दिएकी छन्, छायांकन मधुर बस्नेत, सम्पादन कृष्ण गौतमको छ भने गीतको अडियो रेकर्ड एक्सन स्टुडियो नेपाल अनामनगरमा भएको हो, गीतको संगीत निर्देशन प्रभावन जेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्