कोरोनाविरुद्धको लडाइमा निजी क्षेत्रको पहल
नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।
विपत्तिमा पर्दा मुलुकवासीको सहयोगका लागि महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पु¥याउँदै आएको महासंघको दावी छ । महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्र्तगत हेल्लो डाक्टरको शुभारम्भ भएको छ । अभियान अन्र्तगत थप अन्य कार्यक्रमहरू समेत ल्याउने महासंघले तयारी गरेको जनाएको छ ।
महासंघद्वारा सञ्चालन गरिएको हेल्लो डाक्टर कार्यक्रम भाइवरको सहकार्य रहेको बताइएको छ भने डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने महासंघले जानकारी दिएको छ ।
हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने कार्य वैशाख २६ गते आइतबारबाट सुरू हुने महसंघले जनाएको छ । कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टरमार्फत भरपुर सहयोग लिन सक्ने बताइएको छ ।
हेल्लो डाक्टर, भाइवरमार्फत कोभिड संक्रमित विरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ । प्रारम्भमा ५ जना डाक्टरबाट परामर्शको कार्य थालनी गरिने छ ।
रोग संक्रमितहरूलाई प्रविधिको प्रयोगमार्फत डाक्टरहरूसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरुप यो कार्यक्रमको थालनी गरिएको महासंघले जनाएको हो । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।
हेल्लो डाक्टरमार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हुँदा कोभिड संक्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र विरामीको आत्मबल बढाउन सहयोग पुग्ने दावी महासंघका अध्यक्ष शेखर गोल्छाको छ ।