कामीरिता २५ औं पटक सगरमाथा चुचुरोमा «

शेर्पाले तोडे आफ्नै विश्व र्कीर्तिमान

कामीरिता २५ औं पटक सगरमाथा चुचुरोमा

आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

यसअघि २४ औं पटक सफल आरोहण गरेका शेर्पा शुक्रबार साँझ २५ औं आरोहणको रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार, कामीरिताको टोली यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो टोली भएको छ ।

बिहीबार साँझ उनीसहित १२ जना शेर्पा सगरमाथा आरोहणका लागि चौथो शिविरबाट हिँडेका थिए ।  कामीरितासहितको टोलीमा ६ जना संखुवासभाका र ६ जना सोलुखुम्बुका शेर्पा आरोही छन् ।

१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

गत वर्षको आरोहणमा नै उनले २५ औं पटकको आरोहणको तयारी गरेतापनि कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण सबै हिमाल आरोहण रोकिएको थियो ।

सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका कामीरिताले १९९८ मा पहिलो पटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका थिए। सन् २००९, २०१० र २०१३ मा उनले एकै सिजनमा तीनपटकसम्म सगरमाथाको शिखर टेकेका थिए।

प्रतिक्रिया दिनुहोस्