सगरमाथा इन्स्योरेन्सको नाफा ६३.९४ प्रतिशत «

सगरमाथा इन्स्योरेन्सको नाफा ६३.९४ प्रतिशत

सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९५ करोड २९ लाख रूपैयाँ भन्दा बढी खुद बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बिमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा २८.१४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन ७४ करोड ३६ लाख रूपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ६८.९५ प्रतिशतले बढाएर १० करोड ७७ लाख रूपैयाँ पु¥याएको छ । अघिल्लो वर्ष यस्तो आय ६ करोड ३७ लाख रूपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको दाबी भुक्तानी २३.४२ प्रतिशतले बढेर ५३ करोड ५ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी ४२ करोड ९९ करोड रूपैयाँमा सीमित थियो । समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च २.६५ प्रतिशत बढेर १८ करोड ६० लाख रूपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १८ करोड १२ लाख रूपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले बिमा कोषको आकार बढाएर ९५ करोड ६६ लाख रूपैयाँको उचाइमा पु¥याएको छ । अघिल्लो वर्ष यस्तो कोषको ६२ करोड १३ लाख रूपैयाँमा सीमित थियो । अघिल्लो वर्षको यही अवधिसम्म ३४ करोड ४७ लाख रूपैयाँको जगेडा तथा कोषको आकार बढेर ४८ करोड ३४ लाख रूपैयाँको उचाइमा पुगेको छ । त्यस्तै महाविपत्ति जगेडाको आकार ११ करोड १६ लाख रूपैयाँबाट बढेर १२ करोड ८० लाख रूपैयाँमा सीमित बनेको छ ।
तेस्रो त्रैमासमा कम्पनीको नाफा ६३.९४ प्रतिशतले बढेर २८ करोड ५४ लाख रूपैयाँ भएको छ । गत वर्ष यही अवधिमा कम्पनीको नाफा १७ करोड ४१ लाख रूपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको जारी नयाँ बिमालेखको संख्या १ लाख ३६ हजार ६९६ पुगेको छ । गत वर्ष यही अवधिमा यो संख्या १ लाख १४ हजार २६६ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्