मेरो माइक्रोफाइनान्सको सेयर लिलामीमा «

मेरो माइक्रोफाइनान्सको सेयर लिलामीमा

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६२ हजार ३८८ कित्ता सेयर बिहीबारदेखि लिलामीमा आएको छ ।
कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त सेयर वैशाख २९ गतेसम्मका लागि लिलामीमा बिक्री खुला गरेको हो । यो सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ५७६ रूपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो सेयर बाँडफाँटमा पर्ने आवेदकहरुले कम्पनीले वैशाख २३ गतेपश्चात घोषणा गर्ने हकप्रद र लाभांश प्राप्त गर्नेछन् । उक्त सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्