निर्धन उत्थान लघुवित्तको नाफा ५१% ले वृद्धि
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षके तेस्रो त्रैमाससम्म ७१ करोड ४८ लाख ६३ हजार रूपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५१ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले ४७ करोड ३२ लाख ७३ हजार रूपैयाँ नाफा गरेको थियो ।
यस वर्ष १२ प्रतिशतले कम ६५ करोड ६९ लाख २० हजार रूपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले खराब कर्जा संकलन गरेसँगै खुद नाफा बढेको हो । गत वर्ष शून्य रहेको खराब कर्जा संकलन यस वर्ष ४७ करोड ७५ लाख ५१ हजार रूपैयाँ भएको छ । खराब कर्जा संकलन बढेसँगै कम्पनीको खुद ब्याज आम्दानी गत वर्ष १ अर्ब १७ करोडभन्दा बढी भएकोमा यस वर्ष १ अर्ब ५९ करोडभन्दा बढी भएको छ ।
१३ प्रतिशत बोनस सेयरमार्फत चुक्तापुँजी बढेर १ अर्ब ६९ करोड ५० लाख पुगेको छ । गत वर्षभन्दा ६२ प्रतिशत बढी २ अर्ब ६२ करोड ३४ लाख ७३ हजार रूपैयाँ जगेडा कोष रकम यस वर्ष कायम भएको छ ।
कम्पनीको निक्षेप संकलन २० प्रतिशत र कर्जा प्रवाह १७ प्रतिशत बढेको छ । यस वर्ष कम्पनीले १५ अर्ब ३८ करोड ३२ लाख ८८ हजार रूपैयाँ निक्षेप संकलन गरेको हो भने २४ अर्ब २७ करोड ८१ लाख ६६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीले २ प्रतिशत कम ६ अर्ब ७३ करोड ९१ लाख ७४ हजार रूपैयाँ कर्जा सापटी लिएको छ ।
खराब कर्जा संकलन बढेपनि कम्पनीको निष्क्रिय कर्जा अनुपात गत वर्ष १.७६ प्रतिशत रहेकोमा यस वर्ष ५.८९ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५६.२३ र प्रतिसेयर नेटवर्थ २५४.७८ रहेको छ ।