इसेवा मनि ट्रान्स्फर र पेरू रेमिटबीच भुक्तानी सम्झौता
इसेवा मनि ट्रान्स्फर र अष्टेलियाको पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै अष्टे«लियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स भुक्तानी गर्न अझ सहज हुने भएको छ । नेपालीहरूले कम्युटर तथा मोबाइलबाटै कम लागतमा आफ्नो बैंक एकाउण्टमा तथा इसेवा वालेमा रियल टाइममा रेमिट्यान्स पठाउन सकिनेछ । साथै पेरू रेमिटमार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।
सम्झौतापछि इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, “पेरू रेमिटसँगको सहकार्यले गर्दा हामीलाई अष्टे«लियामा रहनुभएको नेपाली दाजुभाइलाई नेपालमा पैसा पठाउने भरपर्दो माध्यम बनेको छ । यो सम्झौताले अन्तराष्ट्रिय विपे्रषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरिय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पु¥याउने छ ।”
पेरू रेमिटका प्रबन्ध निर्देशक इश्वर दाहालले अष्टे«लिया बसेका नेपालीले आफन्तलाई पैसा पठाउँदा व्यहोर्नुपर्ने झञ्झटबाट मुक्त हुनेगरी सेवा दिने बताए । उनले भने, “विभिन्न गैरकानुनी ढंगबाट देशमा भित्रिने रेमिट्यान्सलाई वैधानिक तवरले भित्राउँदा देशको अर्थतन्त्रमा पनि केही टेवा पुग्ने हामीले आशा राखेका छौं ।”