Logo

मुगुको सदरमुकाम गमगढी बजार सुनसान

??????


विश्व महामारी कोरोनाको कारण विश्वलगायत नेपालका अधिकांश जिल्ला कोरोनाको कारण थला परेपछि मुगु जिल्ला पनि अछितो नरहेको हुँदा यसबाट बच्न र बचाउनको लागी वैशाख २२ गते रातिबाट निषेधाज्ञा जारी गरेपछि मुगुको सदरमुकाम गमगढी सुसान रहेको छ ।
मुगु जिल्लामा कोभिड–१९ को दोस्रो चरणमा नयाँ भेरियन्टले सदरमुकाम गमगढीलगायत गाउँ बस्तीहरूका ब्यापकरुप लिन थाले पछि यसबाट बच्न र बचाउनको लागि जिल्ला कोभिड–१९ संकट ब्यावस्थापन समिति मुगुको वैशाख २१ गते बसेको बैठकले वैशाख २२ गते रातिबाट ३१ गते रातिसम्म विषेधाज्ञा जारी गरे पछि सदरमुकाम गमगढी लगायतका स्थानिय तहमा रहेका साना बजार खत्याडका माथिचौ, सेरी, जाम, रातापानी, सोरुको सोरुकोट, तारापानी, धैनकोट, सीप मुगमकामारोङ्ग गाँउपालिकाको छाइल, लुम्स, पुलु बजार बन्द हुँदा सुनसान भएका छन् ।
सदरमुकाम गमगढी बजारमा दैनिक उपभोग्य वस्तु, तरकारी,खाद्यान्न,ग्यासका पसलहरू दिनको एक पटक बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालनमा ओर्ने जिल्ला कोरोना १९ जिल्ला संकट ब्यावस्थापन समितिको अध्क्षय तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताएका छन् ।
पछिल्लो केही समययता जिल्लामा १ सय ३७ एन्टिजन परीक्षण गर्दा २४ जना कोरोना संक्रमितहरूको संख्या फेला परेका छन् । जिल्ला अस्पतालमा ४ जनालाई र खत्याड गाँउपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र रातापानिमा ५ जनालाई उपचार भइरहेको छ भने १५ जनालाई हो आइसोलेसलमा बसेको निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक ज्ञानसिंह बुढाले बताएका छन् ।
निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बुढाका अनुसार केही दिन पहिले नेपालगन्ज, सुर्खेत र काठमाडौंबाट घर फ्केका स्थानिय बासिहरू होम आइसोलेसनमा नबसी खुला रूपमा हुड डुल गरेको हुनाले मुगुमा कोरोना भाइरस फैलिएको हुन सक्र्ने अनुमानित गरेको समेत बताएका छन् ।
कोरोना संक्रमित बढेपछि सरकारी कार्यालय बन्द
मुगु जिल्लाको सलरमुकाम गमगढीलगायत अन्य स्थानिय तहहरूमा कोरोना संक्रमित दिन प्रतिदिन व्यापक रूपले लेखीन थालेपछि मुगुका सरकारी कार्यालय बन्द भएका छन् ।
जिल्लामा बढी भीडभाड हुने सरकारी कार्यालय जिल्ला नापी, मालपोत, जिल्ला अदालत कार्यालयहरूले एक सावजनिक सूचना जारी गरी सरकारी कार्यालय बन्दा गराएका छन् ।
जिल्ला कोभिड संकट व्यवस्थापन जिल्ला समिति मुगुले वैशाख २३ गते राति १२ बजेदेखि ३१ गते रातिसम्मका लागि निषेधाज्ञा जारी गरिए लगत्तै यी सरकारी कार्यालयमा मानिसको सबै भन्दा बढी भीड भाड हुने भएकाले सोही समयलाई मध्यनजर गरी कोरोना रोक थाम यसबाट बच्न र बचाउनको लागी सरकारी कायालय सेवाग्राहीलाई सार्वजनिक सूचना गरी बन्द गरिएको जिल्ला नापी कार्यालयका कार्यालय प्रमुख हरिहर चौलागाईंले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्