विद्युत्का कर्मचारी प्रहरीकै अगाडि जनप्रतिनिधिद्वारा कुटिए «

विद्युत्का कर्मचारी प्रहरीकै अगाडि जनप्रतिनिधिद्वारा कुटिए


अहिले विश्वव्यापी रूपमा कोरोना महामारी (कोभिड–१९) को सन्त्रास बढ्दो छ । यस्तो समयमा पनि विद्युत आपूर्तिको चाँजोपाँजो मिलाउन दिनरात खटिएका नेपाल विद्युत प्राधिकरण स्याङ्जाका कर्मचारीले भने कुटिनु परेको छ ।
प्राधिकरण स्याङ्जा वितरण केन्द्रअन्तर्गत मिर्मि उप–वितरण केन्द्रका इन्चार्ज नन्देश्वर कुशहवालाई कालीगण्डकी गाउँपालिका–५ का सदस्य दिनेश थापाले कुटेका छन् । गाउँपालिकाले सञ्चालन गरिरहेको ‘कालीगण्डकी अस्पताल’ का लागि दुई वटा फिडरबाट विद्युत उपलब्ध गराउन इन्कार गरेको भन्दै आफूलाई कुटपिट गरेको पीडित कुशहबाले बताए ।
“साविकको कृष्णगण्डकी गाविसका १ देखि ९ नम्बर वडालगायत स्थानमा मिर्मि बाँधस्थल र कालीगण्डकी आयोजनाको विद्युतगृहबाट निकालिएका दुई अलग–अलग फिडरबाट विद्युत वितरण गरिएको छ ।” पीडित कुशहबाले भन,े “अस्पतालले दुवै फिडरबाट विद्युत् मागेको थियो, तर त्यो दिन सक्ने मेरो अधिकार क्षेत्रभित्र पर्दैन भन्दा कुटिएँ ।”
गाउँपालिकाले सञ्चालन गरेको अस्पतालले २ लाख ४८ हजार रुपैयाँ महसुल बक्यौता लामो समयदेखि तिरेको छैन । वितरण केन्द्र प्रमुखले बक्यौता तिरेपछि अर्को फिडरबाट लाइन जोडिदिन्छु भन्दाभन्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापा वडा नम्बर ७ का सदस्य मुक्ति भट्टराई र दुई प्रहरीसहित १०÷१२ जनाको समूह रहेका बेला वडा सदस्य थापाले आफूमाथि हातपात गरेको पीडित कुशहबाले गुनासो गरे ।
“वडा सदस्य दिनेशले हामीले भनेको किन मानिनस् भन्दै कुट्नुभयो, मेरो अधिकार नै नभएको काम गर्न मैले कसरी सक्छु ।” कुशहबाले दुखेसो मनाउ गर्दै भने, “कि मलाई माथिबाट गर्नु भन्ने आदेश आउनुपर्यो ।” होइन भने कसरी दिने ?
“गाउँपालिका तथा अस्पतालका तर्फबाट फिडर माग भएपनि नियमले दिन नमिल्ने स्याङ्जा वितरण केन्द्रका प्रमुख दीलिप मरासिनीले बताए । उन भने, “अस्पतालको पुरानो बाँकी बक्यौता पनि छ, ग्राहक कालोपाटीमा सूचीकृत भएको र बक्यौता पनि नतिरेकाले दुईवटा फिडरबाट विद्युत दिन मिल्दैन् ।” विद्युत वितरण विनियमावली, २०६९ अनुसार एउटै ग्राहकलाई दुई वटा फिडरबाट आपूर्ति गर्न नसकिने उनले बताए ।
आफ्ना कर्मचारीमाथि भएको हातपातको विषयलाई लिएर कारबाही गरिपाउँ भनी जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको छ । उजुरी दर्ता गरेपछि कारबाहीबाट बच्न वडा सदस्य थापाले कुशहबाले घुस मागेको आरोप लगाएका छन् । “मैले कसरी घुस मागे, त्यो पुष्टि हुनुपर्यो र त्यसमा पनि मलाई कारबाही गर्ने प्रक्रिया छ ।” उनले भने, “लाखौं रुपैयाँ बक्यौता नतिर्ने अनि, कर्मचारीलाई धम्क्याउने र हातपात गरेपछि आरोप लगाउने ?

प्रकाश डोटेल

प्रतिक्रिया दिनुहोस्