एनआईसी एशिया बैंकको अनलाइन खाता योजना «

एनआईसी एशिया बैंकको अनलाइन खाता योजना

एनआईसी एशिया बैंकले अनलाइनबाट खाता खोल्न सकिने व्यवस्था गरेको छ । ग्राहकलाई बैंक शाखा नै नपुगी वित्तीय सेवामा पहुँच पुर्याउन अहिले बैंकले असीमित फाइदा रहेको अनलाइन खाता खोल्ने अभियान सञ्चालन गरेको छ ।
अनलाइन खाता खोल्न बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एपमार्फत अनलाइन एकाउन्ट ओपनिङमा ट्याप गर्नुपर्ने हुन्छ । हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीका ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले २१ लाख बराबरको बिमा सुविधा प्रदान गर्दै आएको जनाएको छ ।
यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्णरुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रूपैयाँसँगै विभिन्न निःशुल्क सुविधाहरू रहेको जनाइएको छ ।
साथै, अनलाइन खाता खोली पहिलोपटक मोबाइल बैंकिङ्ग एप (एन आई सी एशिया मो–बैंक) बाट पहिलो कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम ५०० नगद फिर्ता प्राप्त गर्न सकिने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्