Logo

लुम्बिनीका एमाले प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामापत्र बुझाएका हुन् ।
१९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् । बुधबार एमालेका प्रदेशसभा सदस्य डाँगीले प्रदेश सभाका सभामुखलाई राजीनामा बुझाएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।
राजीनामा उनले प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् । राजीनामा पत्रमा प्रधानमन्त्री केपी ओलीप्रति समेत असन्तुष्टि जनाएका छन् । उनले सत्ताका नाममा राजनीतिक खिचातानी भएको भन्दै आराम गर्न चाहेको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारमा मंगलबार थपिएका तीन मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तारमा थप भएका तीन मन्त्रीलाई प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको सपथ बुधबार गराएका हुन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रीमा अर्घाखाँचीका चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई र शिक्षा तथा सामाजिक विकासमन्त्रीमा कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तवलाई सपथ गराइएको छ । तिनमन्त्रीको सपथसँगै लुम्बिनी मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।
यसअघि मुख्यमन्त्री पोख्रेलले प्युठानका हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय, अर्घाखाँचीका कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
वैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएका थिए । मुख्यमन्त्री पुनः भएपछि पोख्रेलले तिनपटक मन्त्रीमण्डल विस्तार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्