कोरोना कहरमै पूर्वाधार विकास धमाधम
तिला गाउँपालिका–९ का दुर्गम गाउँलाई सडकको पहुँचमा ल्याउन सडक निर्माणकार्य थालिएको छ । तिला–९ स्थित जिल्लाकै विकट रासा, मालापानी, ढिपु, सुडी र खोप्डीलगायतका गाउँमा सडकको पहुँच पु¥याउन पूर्वाधार विकास कार्यालय जुम्लाले कोरोना कहरकै बीच पनि सडक निर्माण कार्यलाई नियमित अघि बढाएको हो ।
अहिलेसम्म सडकको पुहँचमा नपुगेका दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्न कोरोना कहरका बीच पनि सावधानी अपनाउँदै सडक निर्माणलाई अघि बढाइएको पूर्वाधार विकास कार्यालयका प्रमुख रुपबहादुर रावलले बताए । उनले भने, “कोरोनाको त्रास बढ्दै गए पनि विकास निर्माणलाई प्रभाव पारेको छैन । जुम्लाकोट रासा मालापानी ढिपु, सुडी हुँदै खोप्डी जोेड्ने उक्त सडक निर्माण तीन महिनाभित्र सकिने गरी काम थालेका छौं ।” उक्त सडकको ठेक्का भए पनि विविध कारणले गत वर्ष रद्द भएको थियो । तर पूर्वाधार विकास कार्यालयले दुर्गमबस्तीलाई सडक पहुँचमा ल्याउन विशेष चासो राखेपछि पुनः टेण्डर गरेर यस वर्ष निर्माण थालिएको कार्यालय प्रमुख रावलले उल्लेख गरे ।
जिल्लाकै सबैभन्दा दुर्गम बस्ती रासा मालापानी, ढिपु, खोप्डी र सुडिमा सडक पु¥याउन तिला गाउँपालिका–८ को मानेचौरबाट सडक निर्माणको सुरुवात भएको छ । जसको निर्माणको जिम्मा इलाइट वाईएसएस निर्माण कम्पनीले पाएको छ ।
करिब ७ किलोमिटर लम्बाइ ८ देखि १० मिटरसम्म चौडाइ लगभग दुई लेनको सडक निर्माणका लागि करिब पौने ४ करोडको स्टिमेट भएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख रावलले भने, “तर बजेट २ करोड ५० लाख आएको छ भने निर्माण कम्पनीसँंग ठेक्का सम्झौता भ्याटसहित १ करोड ५७ लाखमा भएको छ ।”
आगामी आर्थिक वर्ष ०७८÷७९ को पुस मसान्तसम्म निर्माणकार्य गरिसक्ने सम्झौता भएको छ । तर तिला दुर्गम मालापानी बस्तीलाई आउदो असारसम्मै सडकको पहुँच पु¥याउने गरी काम भइरहेको प्रमुख रावलको भनाइ छ ।
जुम्लाकोट, रासामालापानी सडक निर्माणका लागि बजेट अभाव नरहेकाले असार महिनामा करिब ६० देखि ७० प्रतिशत काम सक्ने लक्ष्यका साथ दुईवटा मेसिन प्रयोग गरेर सडक निर्माण भइरहेको पूर्वाधार कार्यालयका प्रमुख रुपबहादुर रावलले जानकारी दिए ।
सडक पहुँच विस्तारमा पूर्वाधार कार्यालय
रासा मालापानी, सुडी ढिपुजस्ता जुम्लाका दर्जनौ दुर्गम बस्तीलाई सडक सञ्जालको पहुँचमा ल्याउन पूर्वाधार विकास कार्यालयले उल्लेखनीय रूपमा काम गरिरहेको छ । जुम्लाका आठै स्थानीय तहका दुर्गम बस्तीमा सडक पु¥याउन मन्त्रालय धाउँदै बजेट जुटाई सडक निर्माण भइरहेका छन् ।
एयरपोर्ट, उर्थु, पटमारा हुँदै खाली मुगु जोड्ने सडकमा पनि पूर्वाधार कार्यालय करोडौ लगानी गरेर पातारासी दुर्गम बस्तीलाई सडकको पहुँचमा ल्याएको छ भने, मुगुको राराताल हुँदै खाली भएर जुम्ला आउने पर्यटकका लागि पनि राहत भएको छ । त्यस्तै सिंजा गाउँपालिका सनिगाउँ भाडगाउँलाई पनि सडकको पहुँँचमा ल्याउने गरी काम भइरहेको छ । जुम्ला हँुदै डोल्पा जिल्ला जोड्ने सडक निर्माणमा पनि पूर्वाधार विकास कार्यालयले अग्रसरताका साथ काम गरिरहेको छ ।
जुम्लाका आठै स्थानीय तहका बस्तीबस्तीमा सडक पुराउने लक्ष्यका साथ काम गरिरहेको पूर्वाधार विकास कार्यायका अधिकांश योजनामा बजेट अभाव रहेको कार्यालय प्रमुख रुपबहादुर रावल बताउँछन् । थोरै सडक निर्माणका लागि पनि मोटो बजेट चाहिने तर विनियोजन आवश्यकताअनुसार नहुँदा निर्माणमा समस्या हुने गरेको छ ।
तर पनि जुम्लाका दुर्गम बस्तीलाई आउँदो २÷३ वर्षभित्र ग्रामीण सडकको पहुँचमा पु¥याउने लक्ष्यका साथ सडक निर्माण कार्यलाई दुर्तगतिमा बढाइरहेको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ ।