कोभिड–१९ बाट गजुरीमा आमाछोराको मृत्यु «

कोभिड–१९ बाट गजुरीमा आमाछोराको मृत्यु

नोबेल कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरका कारण धादिङ जिल्लाको गजुरी गाउँपालिका–७ का आमाछोराको मृत्यु भएको छ । ८३ वर्षीय आमालाई स्वास्थ्यमा समस्या आएपछि शनिबार चितवन मेडिकल कलेज (सीएमसी)मा भर्ना गरिएको थियो । कोभिड–१९ पोजेटिभ आएपछि सोमबार उपचारत अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ८३ वर्षीय महिलाको ५६ वर्षीय छोरा लामो समयदेखि भारतमा रोजगारीका लागि बस्दै आएका थिए । उनको पनि कोभिड–१९ कै कारण भारतमा यही वैशाख १० गते मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्