नवीकरणीय ऊर्जा प्रवद्र्धन र विकासका लागि समझदारीपत्रमा हस्ताक्षर «

नवीकरणीय ऊर्जा प्रवद्र्धन र विकासका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं-सुदूरपश्चिम प्रदेशमा समन्वयात्मक रूपमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विकासका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत ६ वटा गाँँउ तथा नगरपालिकाहरू बीच छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल सरकार र जर्मन विकास संस्था जीआईजेडबाट संयुक्त रूपमा सञ्चालित ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमका सुदूरपश्चिम प्रदेशका साझेदार शुक्लाफाँटा नगरपालिका, चुरे, बडिकेदार, दोगडाकेदार, वित्थडचिर, केदारस्यूँ गाउँपालिका तथा भौतिक पूर्वाधार विकास मन्त्रालय र केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समारोह भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समझदारी पत्रमा भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सचिव इन्द्रदेव भट्ट, केन्द्रका कायम मुकायम कार्यकारी निर्देशक नवराज ढकाल र सम्बन्धित गाँँउपालिकाका अध्यक्ष तथा नगरपालिकाका प्रमुखहरूद्वारा हस्ताक्षर गरिएको थियो । हस्ताक्षर कर्ताहरू साझेदार सुदूरपश्चिम प्रदेश र गाउँ तथा नगरपालिकाको स्वच्छ ऊर्जाको अवस्थामा सुधार ल्याउन, भरपर्दो, सुलभ र आधुनिक ऊर्जामा पहुँच बढाउन संयुक्त रूपमा कार्य गर्नका लागि सहमत भएका छन् । दीर्घकालीन रूपमा नवीकरणीय ऊर्जा स्रोतबाट दुर्गम क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउन, उद्यमशिलता प्रवद्र्धधन गर्न, लघु पूर्वाधार सिर्जना गर्न र सामाजिक र वित्तीय पुँजी निर्माण गरी गरिबी न्यूनीकरणमा योगदान पु¥याउन सम्बन्धित मन्त्रालय, गाउँ तथा नगरपालिका र केन्द्र सहमत भएका छन् ।
ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सुदूरपश्चिम प्रदेश र त्यहाँका ५ गाउँपालिका तथा १ नगरपालिकालाई नवीकरणीय ऊर्जा कार्यक्रम सञ्चालनका लागि क्षमता अभिवृद्धि, प्रविधिको प्रवद्र्धन र यससँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनमा सहयोग गर्नेछ । यस प्रकारका सहयोगहरू निजी क्षेत्र, गैरसरकारी संघ संस्था, समुदायमा आधारित संस्थासंगको साझेदारीमा सञ्चालन गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्