सामानलाई जीवाणुरहित बनाउन गोदरेजको भाईरोसिल्ड उपयोगी «

सामानलाई जीवाणुरहित बनाउन गोदरेजको भाईरोसिल्ड उपयोगी

हाल कोभिड–१९ तीव्र गतिले बढिरहेको अवस्थामा हामी सबै स्वस्थ र सुरक्षित रहनु अत्यावश्यक छ । कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएकाले घर, अस्पताल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरी रहेका सामानहरुलाई जीवाणुरहित बनाउन गोदरेजको भाईरोसिल्ड उपयुक्त मानिएको छ । २ देखि ६ मिनेटभित्रमा भाईरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशत बढी कोभिड–१९ भाईरसको सूक्ष्म जीवबाट सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ ।
भाईरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । भाईरोसिल्डमा विविध सामग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु हुँदैन । आईसीएमआर ल्याबद्वारा सर्टिफाईड अत्याधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा १ वर्षको वारेन्टीे रहेको कम्पनीको भनाइ छ । यसलाई सिजी इलेक्ट्रोनिक्सले बजारमा बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्