दोस्रो वर्ष पनि विश्वभरका उत्कृष्ट १० पीसीटी फाइलसमा ओप्पो समावेश «

दोस्रो वर्ष पनि विश्वभरका उत्कृष्ट १० पीसीटी फाइलसमा ओप्पो समावेश

ओप्पो स्मार्टफोनले आफू सञ्चालनमा रहेका ४० देश तथा क्षेत्रमा बौद्धिक सम्पत्तिको सम्मान तथा रक्षा गर्दै आफ्ना समग्र नयाँ सफलताहरुको समिक्षा गरी २१औँ वल्र्ड इन्टेलेक्चुअल प्रपर्टी (आईपी) दिवश मनाएको छ ।
वल्र्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेशन (डब्ल्यूआईपीओ)का अनुसार ओप्पो यस पटक पनि गरी लगातार दोस्रो वर्ष अर्थात् सन् २०१९ र २०२० का लागि उत्कृष्ट १० प्याटेन्ट कोअपरेशन ट्रिटीमा पर्न सफल भएको छ ।
सन् २०२१ मार्च ३१ सम्ममा ओप्पोले ६१ हजार प्याटेन्ट्स फाइल गरी सकेको छ र ग्लोबल्ली २६ हजार प्याटेन्टको स्वामित्व कम्पनीको अधिनमा छ । तीमध्ये ८९ प्रतिशत प्याटेन्ट एप्लिकेशन्स वा ५४ हजार यूटिलिटी प्याटेन्ट्स रहेका छन् ।
यिनीहरूले मोबाइल उपकरण निर्माताको अभूतपूर्व सफलताको प्रतिनिधित्व गर्ने कम्पनीको दावी छ । ‘विश्व आईपी दिवस, आम मानिसमा आईपी एसेट्स जोगाउन सचेतना जगाउनका लागि एउटा राम्रो अवसर हो ।

प्रतिक्रिया दिनुहोस्