कारोना सनयन्त्रणका लागि वीउवा संघको सहकार्य
कोरोना नियन्त्रणका लागि वीरगन्ज उद्योग वाणिज्य संघले स्थानीयस्तरमा समेत विभिन्न उपचार सामग्रीहरु अस्पताललगायत विभिन्न संस्था तथा निकायलाई उपलब्ध गराउँदै आएको छ ।
संघले कोरोनाको संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय, पर्सा, जिल्ला प्रहरी कार्यालय, पर्सासँग सहकार्य गरेको छ । अहिलेको विकट परिस्थितिमा पनि निजी क्षेत्रले सहकार्य गर्ने संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।
हाल देखिएको कोरोना महामारीको बेला संघले सीमा नाकामा स्वास्थ्य चेकजाँच र सर्वसाधारणलाई पिउने पानीको व्यवस्था गरेको अध्यक्ष गुप्ताले बताए । त्यसैगरी संघ तथा नेपाल औषधी उत्पादन संघको सहकार्यमा जिल्ला प्रहरी कार्यालय पर्सालाई सेनिटाइजर, फेस सिल्डलगायत विभिन्न सामग्री सहयोग गरेको जनाएको छ ।