मुगुमा बुधबार राति १२ बजेबाट निषेधाज्ञा जारी
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना दोस्रो चरणमा विश्वलगायत नेपालको हिमाली जिल्ला मुगुमा दिन प्रतिदिन संक्रमित बढ्न थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बुधबार राति १२ बजेबाट लागू हुने गरी वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय पारित गरेको छ ।
विशेष गरी मुगु जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितका बिरामीको संख्या बढी रहेको हुनाले र छिमेकी जिल्लाहरूमा पनि निषेधाज्ञा गरेको हुनाले मुगुमा पनि निषेधाज्ञा गरिएको हो । निषेधाज्ञा अवधिभर शान्ति सुरक्षा स्वास्थ्य, विद्युत सूचना तथा सञ्चार खानेपानी, ग्यास, पेट्रोल पर्दाथ, तरकारी, खाद्यान्न, औषधी, निर्माण सामग्री मात्रका सेवाहरू सञ्चालनमा गर्ने, निषेधाज्ञा अबधिभर एम्बुलेन्स, दमकल, शववाहन, सरकारी कार्यालय बैंक तथा वित्तीय संस्थाहरूको हकमा सम्बन्धी कार्यालय प्रमुखले आलोपालो मिलाएर एक चौथाइ कर्मचारी उपस्थित गराएर सञ्चालन गर्ने र दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी पसल, फलफूल, ग्यासका पसलहरू निषेधाज्ञा समय अबधिभर बिहान ९ बजेदेखि दिनको १२ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर कारोबार गर्ने गरी निर्णय गरिएको जिल्ला कोभिड–१९ व्यवस्था केन्द्रका अध्यक्षय तथा प्रमुख जिलला अधिकारी चन्दबहादुर शिवाकोटीले बताएका छन् ।
कोभिड–१९ को संक्रमण सोको दोस्रो नयाँ भेरियन्ट कडा र फरक प्रक्रितिको कडा भएको हँुदा पछिल्लो एक सातामा मुगु जिल्लाको सदरमुकाम गमगढी बजार र छायानाथ रारा नगरपालिकाभित्र १२ जना र खत्याड गाउँपालिका भित्र ३ जना गरी मुगुमा १८ जान कोरोना संक्रमितको संख्या पुगेको छ ।