Logo

गाउँका सहकारीले व्यावसायिक बनायो स्थानीयलाई

सानातिना गर्जाे टार्नसमेत साहुको भर पर्नु पथ्र्यो । महँंगो ब्याज त्यसमा पनि साहुले ऋण दिनै मुस्किल मान्थे । आर्थिक रूपमा विपन्नलाई त झन परिवारको समस्या झेल्नै हम्मेहम्मे पथ्र्याे । १ हजार देखिमाथि ऋण लिनु पर्दा पनि धितो खोज्थे साहुहरू । चाडपर्व नजिकिँदै गर्दा खर्चको चिन्ताले पिरोलिरहन्थ्यो । यी र यस्तै समस्यासँग पौठेजोरी खेल्दै आएका थिए तेह्रथुमका ग्रामीण क्षेत्रका नागरिक ।
समयको गतिसँगै गाउँगाउँमा सहकारी संस्थाको स्थापनाले परिस्थिति बदलिँदै गएको छ । सुरुसुरुमा सहकारी संस्थाको महत्व थाहा नहुँदा निकै सकसका साथ स्थापना गर्नु परेको थियो । सेयर सदस्यको संख्या पु¥याउनै समस्या थियो कुनैबेला छथर गाउँपालिका–२ मा रहेको जलकन्या पशुपालक कृषक सहकारी संस्थालाई । गाउँगाउँमा सहकारी संस्था स्थापनाले यहाँका नागरिकलाई व्यावसायिक बनाउनसमेत टेवा पु¥याउँदै आएको छ । त्यसो त गाउँमै स्थापना भएका सहकारी संस्थामा दैनिक बचतको समेत सुरुवात भएका छन् । मासिक रूपमा बचत गर्दै आएका सहकारी भने टोलटोलमा सञ्चालन हुँदै आएका छन । गाउँटोलमै सहकारी संस्था स्थापना भएपछि साहु महाजनकहाँ ऋणकै लागि हात थाप्नु पर्ने बाध्यतासमेत टर्दै गएको जलकन्या सहकारी संस्थाका अध्यक्ष डम्बर भट्टराईले बताए । सहकारी संस्थाहरूले सेयर सदस्यहरूलाई सस्तो ब्याजमा कर्जा प्रवाह गर्दै आएका छन् । विषयगत सहकारी संस्था तथा बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न संस्थासँग साझेदारी गरी व्यावसायिक अनुदानको कार्यक्रमसमेत भित्र्याउँदै आएका छन् । दैनिक तथा मासिक रूपमा गरेको बचतले सानातिना समस्या हल गर्न सहज हुने गरेको जनजागरण सहकारी संस्थाका खलस्त भुजेल बताउँछन् ।
सहकारीहरूले विभिन्न शीर्षकमा बचत गर्ने गरेका छन् । खुत्रुके बचत, बालबचत, दैनिक बचत, वृद्धा बचत तथा समूह बचतलगायतका बचत गर्दै आएका छन् । बचत भएको रकम कुनै चाडपर्वमा एकमुष्ट निकाल्दा खर्चको जोहो गर्न सजिलो हुने गरेको रेवत पारघारी बताउँछन् । सहकारी संस्थाहरूले स–सानो बचत संकलनबाट ठूलो राष्ट्रिय पुँजी निर्माण भएको उदाहरण प्रशस्तै देखिएका छन् । सहरबजारदेखि बैंकको पहुँच नपुगेका ग्रामीण तथा दुर्गम भेगसम्म सहकारीको सेवा पुगिसकेको छ । बचत तथा ऋण सहकारीका साथै बहुउद्देश्यीय र अन्य विषयगत सहकारी संस्थाले पनि बचत संकलन गर्न सिकाउने गरेका छन् । सहकारीहरूले सानोसानो रकम पनि बचत गर्ने भएकाले सर्वसाधारणमा बचत गर्ने बानीको समेत विकास गराइरहेको छ । अझ सहकारी संस्थाहरूले घरदैलोमा दैनिक बचत उठाउन आउने, ऋण दिनेलगायतका सेवा दिँदै आएका छन् । सानोसानो बचत पनि सहकारीले उठाउने भएकाले खर्च हुने रकम सहकारीमा बचत हुने गरेको छ । घरदैलोमै पाउने सहज र सरल सेवाका साथै संस्थाको सदस्य भएर पाउने विविध सुविधाका कारण सहकारीले बचत संकलनले सदस्यहरूलाई ऊर्जा प्रदान गर्दै आएको छ ।
सहकारी संस्थाहरूले विभिन्न बैंकहरूको साझेदारीमा युवा स्वरोजगार तथा विभिन्न शीर्षकमा सस्तो ब्याजमा ऋण लिएर सदस्यहरूलाई व्यावसायिक बनाउँदै आएका छन् । सदस्यहरूले लिएको ऋण किस्ता किस्तामा फिर्ता गर्ने गरी समेत कर्जा प्रवाह गरेका छन् । दैनिक १० रुपैयाँदेखि १ हजारसम्म संस्थामा सदस्यहरूले बचत गर्दै आएको सानाकिसान कृषि सहकारी संस्था हमरजुङका अध्यक्ष भीमबहादुर थापाले बताए । बचतका लागि बंैकमै पुग्नुपर्ने अवस्थासमेत सहकारी संस्थाहरूको स्थापनाले हटेको छ । जिल्लाको ६ वटै स्थानीय तहका सबै वडामा सहकारी संस्था स्थापना भएका छन् । स्थापना भएका धेरैजसो सहकारी संस्था क्रियाशील रुपमा सञ्चालनमा छन् । थोरै बचत गरेका सहकारीको पुँजीसमेत लाखौं रहेको । लाखौ रुपैयाँ पुँजी रहेको सहकारी संस्थाहरूले करोडांै रुपैयाँ कारोबार गर्दै आएको सार्वजनिक गर्दै आएका छन् । सहकारी संस्थाहरू गाउँगाउँमा पुग्नाले नागरिकहरूको समस्यामा समाधान गर्ने संस्था बन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्