प्रदेश प्रमुखलाई जानकारी नदिई हटाउनु निरंकुशताको पराकाष्ठा : शेरचन

गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई जानकारी पनि नगराई प्रदेश प्रमुखबाट हटाउनु निरंकुशताको पराकाष्ठाको सूचक भएको दाबी गरेका छन् । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वतमान प्रदेश प्रमुख शेरचनले आफूले नचाहँदा नचाहँदै प्रधानमन्त्रीको सिफारिसमा तत्कालिन नेकपाको प्रस्तावमा प्रदेश प्रमुख भएको बताए ।
आफ्नो सक्रिय राजनीति गर्ने इच्छा हुँदाहँुदै प्रदेश प्रमुख बनाएर आफू अधिकार विहिन खुल्ला जेलमा परेकोले अब त्यसबाट आफू मुक्त भएको निवर्तमान प्रदेश प्रमुख शेरचनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंंवैधानिक कदम चालेसँगै आफूले नैतिकताको आधारमा राजिनामा दिने तयारी स्वरुप माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सोधेकोमा उनले राजीनामा नदिने सुझाव दिएअनुरुप आफू व्याक भएको शेरचनले उल्लेख गरे ।
प्रदेश सरकारले गरेका हरेक निर्णयमा आफू संवैधानिक रुपमा बाँधिएकोले सार्वजनिक विदाको दिनमा समेत सिफारिस गर्दै आएको उल्लेख गरेका निवर्तमान प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश सभामा बिषेश अधिवेसनको दुई पटक आह्वान भएको बिषयमा आफूले कसैसँग नसोधि सिफारिस गरेको जनाए । आफू उमेरले ७८ वर्षको भए पनि राजनीतिमा बुढो नभएको दाबी गर्दै निवतँमान प्रदेश प्रमुख शेरचनले आफ्नो बाँकी जीवन राजनीतिमै समर्पण गर्ने जनाए । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेललाई सोमबार नियुक्त गरेकी छन् ।