अश्विनीलाई ‘बेस्ट कोरियोग्राफर’ को अवार्ड
नेपालका चर्चित कोरियोग्राफर अश्विनी झालाई ‘बेस्ट कोरियोग्राफर अफदी ईअर’ अवार्ड प्रदान गरिएको छ ।
राजधानीमा सम्पन्न ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड’ समारोहमा कोरियोग्राफर अश्विनी झा वर्षको उत्कृष्ट कोरियोग्राफर विधामा सर्वोत्कृष्ट ‘फेसन तथा पेजेन्ट कोरियोग्राफर अफदिइयर’को अवार्ड पाएका छन् ।
विगत लामो समयदेखि ब्युटी पेजेन्ट तथा फ़ैसन् क्षेत्रमा सक्रिय कोरियोग्राफर अश्विनीले तीन सयभन्दा बढी सोहरूको कोरियोग्राफी गरिसकेका छन् ।
कोरियोग्राफर झा २०७७ सालमा युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित भइसकेका छन् । २०७७ सालमै उनी नेसनल इंटरटेनमेंट अवार्ड पनि प्राप्त गर्न सफल भए । यसअघि सिंगापुरमा आयोजित एक विशेष समारोहमा उनले गोल्डन ब्राण्ड अवार्डमा बेस्ट कोरियोग्राफर सावित भएर नेपालको गरिमा बढाएका थिए ।
२०७५ सालमा आयोजित समारोहमा झा ‘हिरो अफ द मधेस’ अवार्डबाट सम्मानित भएसँगै सन् २०१७ मा ‘रैम्जोन एक्सलेन्स’ अवार्डबाट पनि सम्मानित भइसकेका छन् ।
कोरियोग्राफर झा सम्मानित भएको उक्त विशेष समारोहमा फेसन, मोडलिङ क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा वर्षको उत्कृष्ट अवार्ड प्रदान गरिएको छ ।
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा भएको थियो ।
बेस्ट पेजेन्ट डिरेक्टर अफदिइयर (मेल) निशुकान्तझा, बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर (फिमेल) प्रतिमा कार्कीले पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी, हेयर स्टाइलिस्ट रीना अवाले मेकअप आर्टिस्ट, गीता पौडेल ¥याम्पमोडल, एन्जल श्रेष्ठ ¥याम्पमोडल (बाल), जियान श्रेष्ठ तथा इन्टरनेसनल मनीषा डंगोल, पेजेन्ट मोडल (मोफसल) आकांक्षाविश्वकर्मा पुरस्कृत भएका छन् ।