विकास बैंकर्स संघले राष्ट्र बैंकको निर्देशन पालना गर्ने «

विकास बैंकर्स संघले राष्ट्र बैंकको निर्देशन पालना गर्ने

विकास बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले सदस्य बैंकहरूले विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञा पालना गर्दै सुरक्षित रुपमा बैंकिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिड नियन्त्रण्का लागि विभिन्न जिल्लामा जारी निषेधाज्ञाले बैंक तथा वित्तीय संस्थाहरूलाई सेवा प्रदान गर्न चुनौती थपेको संघले जनाएको छ ।
संघले नेपाल राष्ट्र बैंकले २०७८ वैशाख १९ गतेको सूचनाअनुसर नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अक्षरस पालना गर्ने र कर्मचारी तथा ग्राहकहरूको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिडको असर पर्न नदिन सम्भव भएसम्मका उपायहरूको अवलम्बन गर्ने संघले जनाएको छ । निषेधाज्ञा जारी भएका स्थानमा राष्ट्र बैंकले दिएको निर्देशनअनुसार सेवा प्रदान गर्नका लागि प्रत्येक सदस्य बैंकले योजना बनाउने, खुल्ने शाखा÷वैकल्पिक शाखाहरूको सूची र बैंकिङ समयसमेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेवसाइट र शाखाका मूल ढोकामा प्रकाशित निर्णय एसोसिएसनले गरेको छ ।
स्थानीय प्रशासनले बैंकिङ सेवासमेत प्रवाह गर्न रोक लगाएको वा वैकल्पिक व्यवस्था गरेको भएमा सोही तथा स्थानीय प्रशासन र अन्य निकायहरूसँग आवश्यक समन्वयको व्यवस्था निर्णय भएको डेभलप्मेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ ।
बैंकले प्रधान कार्यालयमा र शाखाहरूमा ग्राहकबाट लिइने जानकारी प्रदान गर्न र समन्वय गर्नका लागि सम्पर्क व्यक्ति तोक्ने र सम्पर्क व्यक्तिको फोन नम्बर र इमेल बैंकको वेवसाइटमा प्रकाशित गर्ने तथा प्रधान कार्यालयमा दुईजना वरिष्ठ पदाधिकारीहरूलाई सम्पर्क व्यक्ति तोकी उक्त उनीहरूको सम्पर्क नम्बर र इमेल एसोसियसनको सचिवालयलाई उपलब्ध गराउने निर्णय गरेको छ

प्रतिक्रिया दिनुहोस्